राप्ती । ७० बर्षका मान बहादुर मगर राप्तीमा आएका ४० बर्ष भयो । उनी बोल्न सक्दैनन , उनको मानसिक अवस्था सामान्य व्यक्तिको भन्दा फरक रहेको छ । आफ्नो अल्लारे उमेरमा राप्तीमा ३ मा आएका मान बहादुर को हुन ? कहा वाट आए कसलाइ पनि थाहा छैन । स्थानिय प्रकाश उप्रेतीले उनलाइ आश्रय दिएका छन । उनको मुड अनुसार उनले घरायसी काममा सहयोग गर्छन अन्यथा उनि प्रकाश उप्रेतीको परिवारमा आश्रित भएर बसेका छन । उनि अविवाहित छन । वडा नं ३ का अध्यक्ष शिवकान्त ओली निर्वाचित भएसंगै मान बहादुरको नागरिकता बनाइदिने प्रण गरेका थिए । निर्वाचित १ बर्ष पछि वडा अध्यक्ष ओलीले मगरलाइ आफ्नो अभिभावकत्वमा नागरिकता बनाइ दिएका हुन । केहि दिन अघि मान बहादुर आफै अध्यष ओलीको घरमा आएर इसारामा नागरिकता बनाइदिन अनुरोध गरेका थिए । ओली झन भावुक भएर तत्काल उनको नागरिकता बनाउने काममा लागी परेका हुन । उनलाइ वडाकै पुष्पराज ओली , कृष्ण कार्कि , भुवन ओली , हेमराज ओली , प्रकाश उप्रेती लगायतका व्यक्तिले सहयोग गरेका हुन । मान बहादुरको लागी सनाखतमा उहाहरुको हस्ताक्षर रहेको छ वडा अध्यक्ष ओलीले भने , म आफुनै सुचक भएर जिल्ला प्रशासन कार्यालय चितवनमा गएर नागकिरता बनाइदिएको बताए । वडाका जनप्रतिनिधिहरुले समेत नागरिकता बनाउन सहयोग गरेको बताए । कार्यपालिका सदस्य कविता राइ सहित प्रशासन कार्यालयमा गएर मान बहादुरको नागरकता बनाएको हो । वडा अध्यक्ष ओलीका अनुसार अव मान बहादुरले सरकारले उपलव्ध गराउने सम्पुर्ण सेवा सुविधा पाउने छन ।