भण्डारा अस्पतालले स्थानियको बिश्वास जित्दै , नगर प्रमुख लामाले भने अव सवै नगरवासीलाइ एम्वुलेन्स फ्रि

 

राप्ती । राप्तीको भण्डारा अस्पतालमा उपचार गराउन आउनेहरु क्रमिक रुपमा बढ्दै गएका छन । पछिल्लो समय अस्पतालमा सेवा सुबिधा बढ्दै जादा सेवाग्राहीहरु पनि उल्लेख रुपमा वृद्धि भएका हुन । २०७५ सालमा भण्डारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल घोषणा गरिएको थियो । तत्कालीन समयमा १० बेड क्षमताको नगर अस्पताल बनाउने निर्णय भएपनी सेवा सुबिधा भने स्वास्थ्य चौकीकै जस्तो थियो । तर हाल आएर यो अवस्था फेरिएको छ । सेवा, सुबिधा र जनशक्तिको अभावमा नगरवासीको खासै मन जित्न नसकेको यो अस्पताल बिस्तारै सुधार हुँदै गएको स्थानीयको अनुभव छ ।

भवन अभावको कारणले एउटै कोठामा ओपिडी, इमर्जेन्सी कक्ष चलाउनु परे पनि बिरामीको चाप भने दिन प्रतिदिन बढ्दै गएको राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले बताए । अस्पतालमा उच्चस्तरीय प्रयोगशाला, एक्स(रे, भिडियो एक्स(रे, सुत्केरी सेवा, सुरक्षीत गभपतन, क्षयरोगको उपचार, गर्भवती जाँच लगायतको सेवा उपलब्ध छ । साथै बिगत दुई वर्ष देखि चौबीसै घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ । जसको लागि तीन जना मेडिकल अफिसर सहित २८ जना कर्मचारी कार्यरत छन ।

अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालमा बितेको आर्थिक वर्षमा १५ हजार ३ सय ४१ जनाले सेवा लिएका छ्न । जसमा २ हजार ४ सय २२ जनाले इमर्जेन्सी सेवा लिएको अस्पताल को तथ्याङ्गकमा उल्लेख छ । राप्तीको १३ वटा वडा मध्य केही वडा पहाडी क्षेत्रमा पर्दछ । जहाँ धेरैजसो निम्नबर्गिय, सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता छ । जसको उपचार गर्ने थलो नै भण्डारा अस्पताल हो । छिमेकी जिल्ला मकवानपुर र आफ्नै नगरपालिकाको निम्नबर्गिय समुदायको रोजाइमा परेको यो अस्पतालले समय क्रम सगै सेवा सुबिधा पनि थप गर्दै लगेको प्रमुख लामाले बताए । लामाले भने “ जसको कारणले पनि सेवा लिनेहरु बढेको अनुमान गर्न सकिन्छ” । आफ्नो कार्यकालको पहिलो बर्षमा पहाडी वडावासी र नगरकै दिर्घरोगीलाइ एम्वुलेन्स निशुल्क थियो । अहिलो हाम्रो दोस्रो बर्षमा छौ नगरका सवैलाइ निशुल्क एम्वुलेन्स सेवा दिदै छौ । अन्य रोगको उपचार मात्रै होइन सुत्केरी सेवामा पनि यो अस्पतालमा आकर्षण बढेको छ । राप्तीमा रहेका अन्य तीन वटा स्वास्थ्य संस्थामा पनि सुत्केरी सेवा उपलब्ध छ । तथापी नगर अस्पतालमा पनि यो सेवा लिनेको संख्या उल्लेख्य रहेको अस्पताल प्रमुख डा विनोद रिजाल बताउछ्न । डा रिजालका अनुसार आर्थिक वर्ष २०७९र८० मा ८४ जना आमाहरुले सुत्केरी सेवा लिएका छ्न भने १४४ जनाले सुरक्षीत गर्भपतन सेवा लिएका छ्न ।

भवन अभावको कारणले अन्तरंग सेवा दिन नसकेको यो अस्पतालले केही दिन देखि सो सेवा दिन थालेको छ । गत बुधबार नवनिर्मित ओपिडी भवनको उद्घाटन गरिएसगै पाँच वर्षपछि अन्तरङ्ग सेवा सुरू भएको हो । ४७ लाख ५० हजारको लगानीमा निर्माण गरिएको सो भवनमा फार्मेसी, ओपिडी, भिडियो एक्स–रे सहित महिला र पुरूषका लागि बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । त्यस्तै बहिरङ्ग सेवाका लागि महिलाका लागि पाँच बेड र पुरूषका लागि पाँच बेड गरी १० बेड छुट्याइएको छ ।
अस्पतालमा पहिला भन्दा अहिले सेवा तथा सुबिधा थप भएकोले बिरामिको चाप बढ्दै गएको रिजालले बताए । त्यस्तै राप्ती नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । जसको कारणपनि सेवाग्राही बढेको हुन सक्ने उनको अनुमान छ । ‘ हामी छिट्टै स्वास्थ्य बिमा लागू गर्दैछौ त्यस्तै अतिविपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी बजेट विनियोजन गरिएको छ’ उनले भने । भर्खरै नयाँ भवन निर्माण सम्पन्न भएकोले बिरामीको चाप बढे पनि खासै अप्ठेरो नहुने उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार