राप्ती । राप्ती नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको भन्ने कुरा सामान्य रहेको बताएका छन । आइतवार राप्ती २ कै एक पुरुषले आफ्नी श्रीमती र नावालिक छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोप लगाउदै उजुरी दिएका थिए । उप्रेतीले समाचारमा आए जस्तो गम्भिर बिषयमा नभएको बताए । उनले उजुरी हाल्ने व्यक्तिकी श्रीमतीसंगको सम्वन्धको बिषयमा जस्तो चर्चा छ त्यस्तो नभएको बताए । उजुरीकर्ताले वडा अध्यक्ष उप्रेतीले आफ्नो श्रीमती र छोरीसंग सम्वन्ध विस्तार गरेको भन्दै उजुरी दिएका हुन । आफु कामको शिलशिलामा बहिर भएको समयमा श्रीमतीसंग पटक पटक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक कुराकानी गर्ने तथा आफ्नो नावालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको भन्दै उजुरी दिएका थिए । उनलाइ श्रीमती र उप्रती विचको सम्वनधको शिकार छोरी हुन सक्ने भन्दै उजुरी दिएको बताए । यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । उजुरी गर्ने व्यक्तिको श्रीमतीसंग कुराकानी गर्दा वडा अध्यक्षसंग आफ्नो कुनै संख्खा गर्नुपर्ने सम्वन्ध नरहेको बताइन ।
अध्यक्ष उप्रेतीले आफू सार्वजनिक ब्यक्ति भएको र आफूमाथि विभिन्न षडयन्त्र भएको हुन सक्ने भन्दै अनावश्यक चरित्र हत्या भएको बताए । प्रहरीमा दिइएको उजुरीमा जस्तो आफू कोहीसँग पनि अनावश्यक कुराकानीमा नरहेको भन्दै उनले आफूविरुद्ध षडयन्त्र भएको बताएका छन । उनले अनावश्यक हल्ला नगरिदिन आग्रह समेत गरेका छन । निवेदनमा उल्लेख पीडितसँग आफ्नो सामान्य सम्बन्ध भएको र निवेदनमा भनिएको जस्तो कुनै खालका गतिविधिमा आफू संलग्न नरहेको उनको भनाई छ ।