राप्तिको आइतबार देखि उठन सुरु

राप्ती । राप्ती नगरपालिकाको फोहोर उठ्न थालेको छ । लामो समय देखि नउठेको फोहोरलाइ नगरपालिकाले आइतवार वाट उठाउन सुरु गरेको नगर प्रमुख शमशेर लामाले बताए । लामाका अनुसार विभिन्न कारणले फोहोर उठेको थिएन तर आइतवार वाट नियमित फोहोर उठ्न थालेको हो । नगरपालिकाले फोहोर उठाएर व्यवस्थापन गर्ने ठाउको अभावको कारण फोहोर उठान सकेको थिएन । यसअघि राप्ती नगरपालिका वडा नं २ र भण्डारा माविको खालि जग्गामा फोहोर व्यवस्थापन भएको थियो । सो स्थानमा समेत समस्या देखा परेपछि विगत ३ महिना यता फोहोर उठ्न सकेको थिएन । स्थानियले घरमानै फोहोर थुपारेर राखेका थिए । फोहोर थुप्रन थालेपछि स्थानियले विरोध समेत गरेका थिए । यस बिषयमा राप्ती नगर प्रमुख शमशेर लामाले असार ३१ गतेको सार्वजनिक सुनुवाइ कार्यक्रममा श्रावणको पहिलो हप्ता वाट फोहोर उठ्ने भन्दै विश्वस्थ रहन अनुरोध गरेका थिए । अहिले राप्ती नगरपालिका वडा नं भण्डारा मावि पछाडी पट्टि व्यक्ति जग्गाको भाडामा लिएर फोहोर व्यवस्थापन गरिएको छ । सो स्थानमा डम्पिङ्ग गरिएको फोहोर प्रकृती हेरी व्यवस्थापन गरिनेछ । यो संगै नगर प्रमुख लामाले घरमानै फोहोर को प्रकृति हेरेर कुहिने र नकुहिने फोहोरलाइ छुट्टा छुटटै राखेर फोहोर उठाउन आउने कर्मचारीलाइ उपलव्ध गराउन अनुरोध गरेका छन । राप्ती नगरपालिकाले नेपाल स्वच्छ वातावरण सेवा प्रा.लिलाइ फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार