अनेरास्ववियू चितवनले हप्तामा एक दिन शैक्षिक संस्था सरसफाई गर्ने

रत्ननगर । नेकपा एस निकट अनेरास्ववियू चितवनले जिल्ला भित्र रहेका शैक्षिक संस्थाहरुलाई हरेक महिनाको एकदिन सरसफाइ कार्यक्रम गर्न आव्हान गरेकाे छ ।

अनेरास्ववियु चितवनकाे आज सम्पन्न पदाधिकारी बैठकले चितवनमा रहेका हरेक कलेजमा सरसफाइ कार्यक्रम गर्ने निर्णय गरेकाे जिल्ला उपाध्यक्ष पानस तामाङले जानकारी दिए । चितवन रहेका सम्पूर्ण विद्यार्थीहरुलाई सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएकाे उनले जानकारी दिए ।

विद्यार्थीलाई रचनात्मक कार्यमा सक्रिय गराउदै वातावरण संरक्षणमा अर्थपूर्ण सहभागिताका लागि शैक्षिक संस्थामा सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएकाे जिल्ला उपाध्यक्ष पानस तामाङले जानकारी दिए । बैटक जिल्ला अध्यक्ष सुजन ढकालको अध्यक्षतामा भएकाे थियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार