विपिको स्मृतीमा राप्तीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

राप्ती । काग्रेस नेता विश्वेश्वर प्रसाद कोइरालाको ४१ औ स्मृतीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस राप्ती नगर समितीले राप्ती ९ को पधेरा चौरमा वृक्षारोपण गरेको हो । जनताका जननायकको उपमा पाएका कोइरालाको सम्झनामा देशैभरी शनिवार वृक्षारोपण कार्यक्रम भएका छन । यो संगै राप्ती नगरपालिकामा पनि वृक्षारोपण गदै आफ्ना प्रिय नेतालाइ सम्झना गरिएको हो । कार्यक्रममा नेपाली काग्रेस चितवन क्षेत्र नं १ का सभापति किरण भुषण ओलीले विपि कोइरालाको योगदानको बिषयमा चर्चा गरेका थिए । उनले देशलाइ समृद्ध तर्फ लैजानको लागी विपिको मार्गमा नेपाली जनता हिड्नु पर्ने भन्दै यसको लागी काग्रेस सदैव प्रयत्नशिल रहेको बताए । काग्रेस भित्र मात्र नभइ अन्य पार्टीमा पनि कोइरालाको योगदानको बिषयमा चर्चा हुने भन्दै देशले मानेको नेताको सम्झनामा वृक्षारोपण गरिएको बताए । कार्यक्रममा राप्ती नगर सभापति एवं नगर उपप्रमुख देवेन्द्र लामाले काग्रेसीमा विपिको मार्गलाइ स्वीकार गर्ने क्षमता वृद्धि हुनुपर्ने बताए । विपिले काग्रेसलाइ मात्र नभइ देशलाइनै विकास र एकताको वाटोमा लगेको भन्दै लामाले उनको सम्झनामा वृक्षारोपण गरिएको बताए । यो विरुवा पछि ठुलो हुने र विपिको मार्गशैलीमा हामी सवै हिड्ने भन्दै विपिको विचारको विकास हुने कुरा उनले व्यक्त गरे । कार्यक्रममा राप्ती नगर समितीका पदाधिकारी तथा विभिन्न भातृसंगठनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार