राप्तीमा विपन्नलाई आवास : चालु आबमा १०० घर निर्माण गरिने

पूर्वी चितवनको राप्ती नगरपालिकाले अतिविपन्नलाई आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षमा थप एकसय घर निर्माण गर्ने भएको छ ।

आर्थिक अबस्थाका कारण घर निर्माण गर्न नसकेर झुपडीमा बस्दै आएका सीमान्तकृत चेपाङ सहित अतिविपन्नलाई आवास निर्माण गर्न लागिए हो । आर्थिक बर्ष २०८०/८१ मा १०० घर निर्माणको लागि दुई करोड रुपैया विनियोजन गरिएको मेयर शमशेर लामाले जानकारी दिए ।

एउटा घर निर्माणको लागि दुई लाख २५ हजार खर्च गर्ने र निर्माणको लागि श्रमदान प्रयोग गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए । घर विहीनलाई घर बनाउने, झुपडीमा बस्नेलाई पक्की घर बनाउने योजना अनुसार बजेट विनियोजन गरिएको उनको भनाई छ ।

सो नगरपालिकाको पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायलाई दैनिक गुजराको लागि समेत समस्या हुँदै आएको छ । सामान्य प्रकारको पक्कीघरमा बस्ने उनीहरुको सपना पुरा हुन ठुलै कसरत गर्नुपर्छ मेयर लामाले भने हामी चेपाङ समुदायको सारथी बन्न चाहन्छौं ।

सो नगरपालिकामा आर्थिक बर्ष २०७९/८० सम्म आइपुग्दा १९६ वटा घर निर्माण भइसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारको लगानीमा उक्त घर बनेका हुन । राप्ती नगरपालिकाले १२६ वटा घर बनाएको छ भने प्रदेश सरकारले ७० वटा घर निर्माण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार