शुल्क लिएपछि प्रधानाध्यापकसँग सोधियो स्पष्टीकरण

राप्ती । वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले विभिन्न बहाना बनाएर शुल्क लिएपछि राप्ती नगरपालिकाले त्यस विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ।

नगरपालिकाको निर्णय विरुद्ध विद्यालयले अभिभावक सहयोग शुल्क असुली गरेपछि प्रधानाध्यापक सोमनाथ तिवारीलाई पत्र काट्दै तीन दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

निशुल्क शिक्षा कार्यान्वयन गराउन नगरपालिकाले विद्यालयलाई रकम सहयोग गर्दै आएको छ । गत आर्थिक वर्षको रकम निकासा गरिसकेको र आवश्यक रकम चालू आर्थिक वर्षमा निकासा गर्ने जानकारी गराउँदा गराउँदै विभिन्न शीर्षकमा रकम असुली गरेको भन्दै स्पष्टीकरण सोधिएको शिक्षा अधिकृत रविना देउजाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

अभिभावक भेलाले निर्णय गरेको भनी विद्यार्थी वा अभिभावकसँग रकम असुली गर्ने कार्य पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ । साथै लिइएको उक्त रकम फिर्ता गरिएको भरपाई नगरपालिका कार्यालयमा पेश गर्न भनिएको छ ।

राप्ती नगरपालिकाले यस वर्ष देखि बाल शिक्षा कक्षादेखि १२ कक्षा सम्म निःशुल्क गर्न निर्देशन दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार