बिरेन्द्र आर्दशले शूल्क उठाएकोमा रा स्व पाको ध्यानर्कषण

राप्ती । बिरेन्द्र आदर्श माध्यमिक विद्यालयले शुल्क लिएको भन्दै विरोध आएपछि राष्ट्रि««य स्वतन्त्र पाटीले चासो लिएको छ । बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय प्रशासन र व्यवस्थापन समितीलाइ भेटेर वाहिर आएको चर्चाको बिषयमा छलफल गरेको छ । छलफलमा राप्ती नगरपालिका वडा नं ७ कि अध्यक्ष सुमिता डल्लाकोटी, विद्यालयका तर्फ वाट समितीका अध्यक्ष घनश्याम कडेल, विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारी राष्ट्रिय पार्टीका हरिहर कोइराला, सोम प्रसाद अधिकारीको उपस्थिी रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले नगरपालिका सग समन्वय गरि अभिभावक सहयोग शुल्क फिर्ता गर्नुपर्ने, न्युनतम भाडा कायम गरि सन्चालनमा रहेका सटर हरुको सटर भाडा समायोजन गर्दै विद्यालयको आय वृद्धि गर्नु पर्ने र विद्यालयको जग्गामा ब्यबसाय सन्चालन गरेपनी लामो समय सम्म भाडा नतिर्ने ब्यबसायी लाई भाडा को मापदण्ड भित्र ल्याउनु पर्ने माग गरेका थिए । सो बिषयमा विद्यालयका अध्यक्ष कडेलले तत्काल अभिभाव भेला बोलाएर शुल्कको बिषयमा टुङ्गगो लगाउने जवाफ दिएक थिए । वडा नं ७ कि अध्यक्ष सुमिता डल्लाकोटीले अभिभावक संग शुल्क लिएको बिषयमा आएको गुनासोलाइ वडा कार्यालयले चासो लिएको बताइन । उनले विद्यालयले नगरपालिकासंग समन्वय भइरहेको र शुल्क उठाउने बिषय बन्द गर्नुपर्ने बताइन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार