बिरेन्द्र आर्दशको शुल्कको बिवाद मिलाउन अनेरास्ववियु राप्तीको अनुरोध

 

राप्ती । विरेन्द्र आर्दश माविले अभिभावक संग शुल्क उठाएको भन्दै गुनासो आएपछि अनेरास्ववियु राप्ती नगर कमिटीले विद्यालय व्यवस्थापन समितीसंग छलफल गरेको छ । कमिटीका अध्यक्ष उमाकान्त कडेलको नेतृत्वमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घनश्याम कडेल, प्रधानाध्यापक सोमनाथ तिवारीसंग छलफल भएको छ । छलफलमा पिडित भनिएका अभिभावक अञ्जन रेग्मी समेत उपस्थित भएका थिए । रेग्मीका अनुसार विद्यालयले कक्षा ७ मा रहदाको पुरानो विल भनेर प्रति महिना ३ सय ५० को दरले ११ महिनाको र अहिले कक्षा ८ मा आइसकेपछि प्रति महिना ४ सयको दरले बैशाख देखि असार सम्म गरी ३ महिनाको शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका थिए । सामाजिक सञ्जालमा चर्चा सुरु भएपछि कमिटीले छलफल गरेको हो । छलफलमा शुल्कको बिषयमा तत्काल समस्या समाधान गर्ने निर्णय भएको छ । छलफलमा अनेरास्ववियु लेखा आयोग सदस्य केशव रेग्मी,अनेरास्ववियु प्रदेश कमिटी सदस्य प्रकाश कालाखेती, अनेरास्ववियु जिल्ला अध्यक्ष हरि आचार्य ,उपाध्यक्ष सरोज तिमल्सिना, विद्यार्थी नेता आर्यन सेढाइ,रुपक कडेलको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार