भण्डारा अस्पतालमा ओपिडी भवन उद्घाटन, पाँच बर्षपछि अन्तरंग सेवा सुरु

spot_img

राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको भण्डरा नगर अस्पतालमा बुधबार आपिडी भवन उद्घाटन गरिएको छ । ओपिडी भवन उद्घाटनसंगै अस्पताल सञ्चालन भएको पाँच बर्ष पछि अन्तरंग सेवा सुरु भएको छ ।

नगरपालिकाले अस्पताल परिसरमा निर्माण गरेको सो भवनको मेयर शमशेर लामाले उद्घाटन गरेको हुन । ४७ लाख ५० हजारको लगानीमा निर्माण गरिएको सो भवनमा फर्मेसी, आपिडी, भिडियो एक्सरे सहित महिना र पुरुषको लागि बहिरंग सेवा सञ्चालन हुने अस्पतालका मेसु डा.विनोद रिजालले जानकारी दिए ।

बहिरंग सेवाको लागि महिलाका लागि पाँच बेड र पुरुषका लागि पाँच बेड गरी १० बेड तयार गरिएको छ । दैनिक ८० जना विरामीको उपचार हुँदै आएको सो अस्पतालमा ओपिडी, आकस्मिक सेवा, बर्थिङ सेन्टर, सुरक्षित गर्भपतन, क्षयरोगको उपचार, गर्भवती जाँच,ल्याब,एक्सरे तथा परिवार नियोजन सेवा सञ्चालनमा रहेको डा. रिजालले बताए । सो अबसरमा मेयर लामाले भण्डारा अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको लागि तयारी गरिएको बताए ।

नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा र अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी बजेट विनियोजन गरिएको उनको भनाई छ । उपचार नपाएर कोही पनि मर्नुहुँदैन उनले भने स्थानीय सरकार यसमा सचेत छ । उद्घाटन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष सीताराम बल, वडा नं ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी, वडा नं १० का वडाध्यक्ष तेजबहादुर तामाङ, वडा नं ५ का वडा सदस्य चुडामणि बर्तौला लगायतको सहभागिता रहेको थियो ।

अस्पतालका मेसु रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी राजेन्द्र घायलले स्वागत मन्तव्य राखेका थिए । २०७५ सालमा भण्डरा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालन गरिएको थियो । सो अस्पतालमा तीन जना मेडिकल अफिसर सहित २८ जना कर्मचारी कार्यरत छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार