राप्तिको सार्वजनिक सुनुवाइ, जनभावना अनुसार काम गर्न सुझाव

राप्ती । राप्ती नगरपालिकाका स्थानीयले जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।  नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासि ले यस्तो सुझाव दिएका हुन् ।  साथै उनिहरुले जनप्रतिनिधि कार्यक्रममा उपस्थित नभएकोमा आक्रोश पोखे ।

नगर प्रमुख शमशेर लामासहित वडा अध्यक्षहरु जल्लु महतो, सुमिता डल्लाकोटी र वडा नम्बर १ कि कार्यबाहक वडा अध्यक्ष ग्रेस तामाङ मात्र उपस्थित भएका थिए ।  राप्तिका ५ का किसान रामशरण उप्रेतीले लम्पी स्किन रोग नियन्त्रणमा तदारुकता देखाउनु पर्ने, पशु बिमाको व्यवस्था गर्नु पर्ने, किसानलाई दिने अनुदान पारदर्शी हुने पर्ने माग गर्दै उपप्रमुख सहित अन्य वडा अध्यक्षहरु किन उपस्थित नभएको भन्दै प्रश्न गरे ।  जनताका समस्या धेरै छन् ,सम्बोधन हुन सकेको छैन, किसान उप्रेतीले भने समस्याबाट भाग्ने होइन, मनमुटुमा बस्ने गरि काम गर्नुपर्छ । उनले नहर विभागको जग्गा खाली गरि संरक्षण गर्न सुझाव दिए ।

अर्का स्थानीय बिष्णुप्रसाद काप्रिले सार्वजनिक शौचालयको व्यवस्था गर्नु पर्ने, खस आर्य समुदायका पनि गरिविको चपेटामा रहेकाले दलित ,आदिवासी ,जनजातिलाई मात्र प्राथमिकता नदिन आग्रह गरे ।  राप्ती ६ का सन्तकुमार चौधरीले कृषि र पर्यटनको सम्भावना बोकेको नगर भए पनि उचित बजेट तथा कार्यक्रम ल्याउन नसकेको गुनासो गरे ।  कृषि पछि पर्यटन हाम्रो नगरको मुख्य आधार हुन, चौधरीले भने यी दुई क्षेत्रलाई विशेष प्राथमिकता दिन सके राप्ती समृद्ध नगर बन्नेछ ।

अर्का सहभागी सुवर्शन कडेलले खानेपानी ,सहकारी संस्थाको अनुगमन गर्न सुझाव दिए ।  केही खानेपानी संस्था वर्षौ सम्म अधिवेशन नगरी सञ्चालन छन् ,त्यस्को अनुगमन गर्ने कस्ले, कडेलले भने ।

राप्ती ६ भूगोलको हिसाबले अन्य वडा भन्दा ठूलो भए पनि बजेटमा कम प्राथमिकता पर्ने गरेको भन्दै अनुज उप्रेतीले  गुनासो गरे ।   आवश्यकताका आधारमा अनुदान वितरण गर्नु पर्ने भन्दै उप्रेतीले वास्तविक किसानको पौंचमा पुग्नु पर्ने बताए ।

कार्यक्रममा सहभागी नगरबासिको गुनासो, जिज्ञासा सुनिसकेपछी नगर प्रमुख शमशेर लामाले धेरै काम गर्ने तिव्र चहाना भए पनि श्रोत साधन पर्याप्त नभएको बताए । श्रोत साधन सिमित छ, सिमित श्रोतले धेरै माग पूरा गर्नु पर्छ, नगर प्रमुख लामाले भने बाकी समय पनि जनतासँग सहकार्य र समन्वय गरेर  काम गर्नेछौ ।  किसानले पाउने अनुदानलाई एकरुपता ल्याउन बर्तमान जनप्रतिनिधिले पहल थालेको भन्दै अनुदानको सूचना घरघरमा पुर्‍याउने बताए ।  नहर विभागको जग्गामा बसेकाहरुलाई खुसी बनाएर जग्गा खाली गर्ने प्रमुख लामाले प्रतिबद्धता जनाए ।

कला पाठशाला कलेज प्रालिको सहजिकरणमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेले नगरपालिकाको एक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार