राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा कृषिलाइ प्राथमिकतामा राखिने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकरणको कार्यालय भरतपुरले धान, केरा, तरकारी र मौरी जोनको बिषयमा भएको अन्र्तक्रियामा सहभागि भए पछि लामाले अवको बजेटमा कृषि प्राथमकितामा पर्ने बताए । उनले राप्ती तरकारी र मौरीको लागी उपयोगी भएको भन्दै नगरले सोहि क्षेत्रमा लगानी गर्ने बताए । अहिले राप्तीमा मौरी पालन गर्नेको संख्या बढेको र यसले राम्रो आम्दानी गरेको भन्दै मौरीको क्षेत्रमा लगानी बढाउन सके जनतामुखि काम हुने बताए । नगरको पहाडी क्षेत्रमा तरकारीको पकड क्षेत्र रहेको र यसको लागी नगरले बैज्ञानिक प्रविधि अपनाउदै तरकारी क्षेत्रमा लगानी बढाउने बताए । कार्यक्रममा तरकारी जोन संचालन समन्वय समितीका संयोजक लेखनाथ भुसाल, केरा जोन संचालन समन्वय समितीका संयोजक बिष्णुहरी पन्त, धान जोन संमन्वय समितीका संयोजक तेज प्रसाद बतौला,मौरी पालक महासंघका निर्वतमान अध्यक्ष शिव पौडेल, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन एकाइ ललितपुरका निर्देशक विनोद भट्टराइले चितवनको कृषि जोनको बिषयमा कृषि मन्त्री डा वेदुराम भुसाललाइ जानकारी गराइएको थियो । मन्त्री डा भुसालले किसानको समस्या सुन्दै दिगो समाधानको लागी प्रयत्न गर्ने बताए ।