राप्ती । एसइइ परिक्षा अन्र्तगत राप्ती नगरपालिकामा २०७९ मा २१ जना विद्यार्थीले ए प्लस ल्याएका छन । पालिका भरीका १ हजार १४ जना विद्यार्थीले एसइइ परिक्षामा सहभागिता जनाएका थिए । जसमा सामुदायिक विद्यालयका ६ सय ३८ र संस्थागत विद्यालयमा ३ सय ७६ जनाले सहभागिता जनाएका थिए । यस बर्ष सामुदायिक विद्यालयमा छात्र तर्फ बुद्धशान्ती माविका सुसन भण्डारीले ३.७६ जिपिए , छात्रा तर्फ विरेन्द्र आर्दश मावि कि कृपा विकले ३.७ जिपिए ल्याएर उत्कृष्ट भएका छन । संस्थागत विद्यालय तर्फ भने छात्रमा आर्दश विद्याश्रमका विभव भट्टराइले ३.९ र छात्रा तर्फ विद्या मेमोरियल बो स्कुलकी दिपासा पाठक ३.७५ जिपिए ल्याएर उत्कृष्ट भएका छन । सम्रग नतिजा हेर्दा राप्ती नगरपालिका प्रथम भट्टराइ र पाठक भएका छन ।