राप्तीमा विवाद छताछुल्ल — कार्यपालिका बैठक बारम्वार स्थगित – एमाले निकट कार्यपालिका सदस्यद्धारा बैठक माग — प्रवक्ता हटाइएकोमा विरोध

spot_img

 

राप्ती । राप्ती नगरपालिकामा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको सुरु देखिनै यहाँ देखिएको विवाद अझै समाधान हुन सकेको छैन । नगर प्रमुख ,उपप्रमुख र कार्यपालिका सदस्य बिच निरन्तर विवाद रहदै आएको छ । पछिल्लो समय कार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयन नगरेको भन्दै एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले असन्तुष्टि जनाउदै आएका छन् । कार्यपालिका बैठकले महिला समन्वय समिति अध्यक्षमा गोमा धरेललाई नियुक्त गरेकोमा नगर प्रमुखले वडा नम्बर ७ कि अध्यक्ष सुमिता डल्लाकोटिलाई तोकेको भन्दै एमालेका कार्यपालिका सदस्य असन्तुष्ट छन् । यो लगायत अन्य विषयमा सहमति नभए सम्म कार्यपालिका बैठक निष्कर्ष विहीन हुँदै आएको छ । मंगलबार बिहान बसेको बैठक पनि पूरा हुन पाएन । छलफलका क्रममा विवाद उत्पन्न भएपछि नगर प्रमुख शमशेर लामाले बैठक स्थगित गरे । बैठक हलबाट प्रमुख निस्किए पछि उपप्रमुख देवेन्द्र लामासँग धकेलाधकेलको स्थिति उत्पन्न भएको एक वडा अध्यक्षले बताए । यसैबीच राप्ती नगरपालिकाको प्रवक्ताबाट श्यामसुन्दर उप्रेतीलाई पदमुक्त गरिएको छ । नगर प्रमुख शमशेर लामाले प्रेस विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका उप्रेतीले नगरपालिका विरुद्ध भ्रम सृजना गर्ने र नगरको निर्णय विपरित हुने किसिमको सूचना तथा अभिव्यक्ति दिएको हुनाले उनलाई नगर प्रवक्ताको जिम्मेवारी बाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । यता नेकपा एमाले निकट कार्यपालिका सदस्यको समुहले विज्ञप्ति निकाल्दै कार्यपालिका बैठकको माग गरेका छन । बिज्ञप्तिमा अविलम्व कार्यपालिका बैठक राखेर नगर सभाको मिती तोक्नु पर्ने र प्रवक्ता हटाउने अधिकार मेयरमा नरहने बताएका छन । विज्ञप्तिम सिसि क्यामरा फुटेज समेत तोडमोड भएको आरोप लगाएका छन । अहिले दुवै विच बढेको विवादले उग्र रुप लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार