राप्ती । राप्ती नगरस्तरीय दलित समन्वय समितिले आरनको सामग्री वितरण गरेको छ । आइतबार राप्ती-५ को प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि सामाग्री वितरण गरिएको हो ।
नगर भरि रहेका १७ जनालाई सामाग्री वितरण गरिएको हो । आयआर्जनमा सहयोग पुग्ने हेतुले सामाग्री वितरण गरिएको नगर अध्यक्ष्य एक बहादुर ल्वागुनले बताए । छुटेकाहरुलाई आगामी दिनको कार्यक्रममा जोड्ने पनि उनले बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नगर पूर्व अध्यक्ष श्यामलाल विकले समन्वय समितिले यसभन्दा अगाडि पनि धेरै राम्रो काम गरेको बताए । उनले समितिको सामुदायिक भवन हुनुपर्नेमा जोड दिए । यस्तै बजेट विनियोजित हुँदा दलित समन्वय समितिलाई प्राथमिकतामा राख्न पनि उनले नगर प्रमुखलाई अनुरोध गरेका छन् ।
सामाग्री दैनिकी जीवनमा प्रयोग हुने कामको लागि आवश्यक भएको नगर प्रमुख शमशेर लामाले बताए । साउनमै दलित समन्वय समितिको भवन बनाउने प्रतिबद्धता उनले गरेका छन् ।
कार्यक्रममा राप्ती-५ का वडा अध्यक्ष सिताराम तामाङ, दलित समन्वय समिति नगर उपाध्यक्ष गोपाल विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा राप्ती नगर प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, राप्ती-६ का वडा अध्यक्ष जल्लु महतो लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।