महिला स्वास्थ्य स्वयंसेवीकाहरुको प्रश्न , न्युनतम पारिश्रमिकमा कहिले सम्म काम गर्ने ?

 

राप्ती । राप्ती नगरपालिका अन्तर्गत रहेका महिला स्वास्थ्य स्वयंसेवीकाहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । राप्ती नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित स्वास्थ्य सेवाको समीक्षा र सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमको समेत पुनः मूलाङ्कन गरिएको हो । असार १५ र १६ सञ्चालनमा आएको गोष्ठीमा ३४ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राममणी सिलवालले जानकारी दिए । समापन कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथी शमशेर लामाले महिला स्वास्थ्य स्वयंसेवीकाहरुले अत्यन्तै कठिन परिस्थितिमा पनि उत्कृष्ट सेवा दिइरहनु भएको भन्दै प्रसंसा गरेका थिए । उनले स्वास्थ्य स्वयंसेविकाहरुले अत्यन्तै न्युन सेवा तथा सुबिधा प्राप्त गरेको कुरामा आफू जानकार रहेको बताउदै आगामी बजेटमा गुनासो सम्बोधन हुने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा महिला स्वास्थ्य सेविकाको प्रतिनिधित्व गदै न्युनतम पारिश्रमिकमा कहिले सम्म काम गर्ने ? भनेर प्रश्न गरेका थिए । जवाफ मा प्रमुख लामाले अवको बजेटमा यहाहरुको गुनासो सम्वोधन हुने बताए । कार्यक्रममा तुल्सी अधिकारी, राममणी सिलवाल र देवेन्द्र रिजालले सहजीकरण गरेका थिए । कार्यक्रम राप्ती नगरपालिकाको सभा हलमा शनिबार सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार