राप्ती ३ मा दुव्र्यसनि न्यनिकरण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

spot_img

राप्ती । राप्ती नगरपालिका वडा नं ३ ले दुव्र्यसनि न्यनिकरण तथा व्यक्तित्व विकास तालिम दिएको छ । असार १३ देखि १५ सम्म वडा भवनमानै तालिम सञ्चालन भएको हो । वडाको १ लाख रुपैया बजेटमा वडाका युवालाइ लक्षित गरी कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष शिवकान्त ओलीले बताए । उनले पछिल्लो समय वडामा युवाहरु कुलतमा फसेका र आफ्नो भविश्यलाइ विगारेका भन्दै सचेतनाको लागी कार्यक्रम आयोजना गरिएको बताए । युवाहरुलाइ लक्षित गरि कार्यक्रम सञ्चालन गर्दा समुदायमा सचतेना बढ्ने ,युवामा क्षमता अभिवृद्धि समेत हुने बताए । उनले आगामी दिनमा युवालाइ सिप मुलक , क्षमतावृद्धिको लागी योजना बनाउने समेत बताए । कार्यक्रममा ्र३० जना सहभागि रहेका थिए । कार्यक्रमले केहि प्रभावकारि सन्देश प्रवाह गर्ने कार्यपालिका सदस्य कविता राइले बताइन । उनले वडाले यसअघि पनि युवामैत्री कार्यक्रम गरेको र अहिले पनि सोहि अनुसार कार्यक्रम गदै आइरहेको बताइन । उनले युवामा आत्मविश्वास बढाउन कार्यक्रम आयोजना गरेको भन्दै आगामी दिनमा यसको प्रभाव के भयो भनेर थाहा पाउने बताइन । कार्यक्रमको सहजीकरण जननिकास मिडयाले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार