वडा अध्यक्षसंग बिद्यार्थी – स्थानिय सरकार प्रति बिद्यार्थीको चासो

 

 

राप्ती । आइरिस अकाडेमी कक्षा ८ का विद्यार्थीले आफ्नो वडाको अध्यक्षसंग अन्र्तक्रिया गरेका छन । वडा नं २ का अध्यक्ष श्यामसुन्दर उप्रेतीसंग कक्षा ८ का ९६ जना विद्यार्थीहरुले सवाल जवाफ गरेका हुन । शुक्रवार वडा अध्यक्षसंग बिद्यार्थी कार्यक्रम आयोजना गदै कार्यक्रममा विद्यार्थीहरुले वडा अध्यक्षलाइ प्रश्न गरेका थिए । वडा अध्यक्षलाइ वडाको विकासमा तपाइको भुमिका के हो ? किन सामाजिक काममा आउनु भएको ? निकुञ्जसंग जोडिएको वडा भएर हामीले दुख पाएका छौ, वडाले यसमा के भुमिका खेलेको छ ? महिला हिंसा अन्त्यको लागी वडा सरकारले के के काम गरिरहेको छ ? शिक्षामा कति लगानी गर्नुभएको छ ? छोरीलाइ पढाइमा प्रोत्साहन गर्न के के काम गरिरहनु भएको छ ? यस्ता कयौ प्रश्न अध्यक्ष उप्रेतीले सामना गरेका थिए । उनले सवैको प्रश्नको जवाफ एक एक गरी फर्काएका थिए । उनले समग्रमा वडा सरकारले जनतामुखि काम गरिरहेको बताएका थिए । यदि जनताको लागी काम गर्न नसकेको भए आफु पुन निर्वाचित भएर आउन नसकिने बताउदै जनताको लागी काम गर्न पाउदा खुशि लागेको बताए । उनले वडामा विकास निर्माणका काम भइरहेको बताए । आफु वडा अध्यक्ष भएको ६ बर्षमा सडक, कुलो नाला लगायत अन्य विकासको काममा वृद्धि भएको बताए । उनले स्वास्थ्यको लागी स्वास्थय चौकिको स्तरउननती, हरेक बर्ष स्वास्थ्य विमा लगायतका काम भइरहेको बताए । उनले छोरी शिक्षा अभियान देखि लिएर अन्य थुप्रै काम भइरहेको बताए । उनले विद्यार्थी समुदायको महत्वपुर्ण अंग भएको कारण विद्यार्थीसंगको अन्र्तक्रिया निकै फलदायी हुने बताए । उनले अवका दिनमा यस किसिमको कामलाइ वडाले पनि प्रोत्साहन गर्ने बताएका थिए । बिद्यालयका प्राचार्य दिपक सारु मगरले स्थानिय सरकारसंग बिद्यार्थीलाइ नजिक बनाउने अभ्यास गरिएको बताए । कार्यक्रम राप्ती नगरपालिकाको सिटि हलमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार