वडा नं ६ का राउत र चौधरीलाइ ह्विलचियर सहयोग

 

 

राप्ती । राप्ती नगरपालिका वडा नं ६ का दुई जना शारिरिक अशक्त वृद्धलाइ राप्ती नगरपालिकाले ह्विीलचियर सहयोग गरेको छ । वडा नं ६ का छन्नु चौधरी र दिल बहादुर राउतलाइ ह्विलचियर वितरण गरेका हुन । राप्ती नगर प्रमुख शमशेर लामा र वडा नं ६ का अध्यक्ष जल्लु महतो थारुले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन । घरमानै गएर प्रमुख र वडा अध्यक्षले ह्विचियर दिएपछि राउत खुशि भएका थिए । बुधवार वडा वडा अध्यक्ष आफै गएर चौधरीलाइ ह्विचियर दिएर हुन । अध्यक्ष बुढो भयो, गुम्सेर घर भित्र बस्न नहुने भन्दै विहान विहान आफ्नो मन लागेको बेलामा वाहिर हिडडुल गर्न हुने बताए । उनले आफुलाइ बाहिर जान मन लागेको बेलामा घरका कोहिलाइ भनेर बाहिर घुम्न अनुरोध गरे । ह्विलचियर वितरण गरेपछि वडा अध्यक्ष महतोले नगरपालिकाले सहयोग गरेकोमा खुशि व्यक्त गरे । नगर प्रमुखले जनताको मन बुझेर यसरी सामान पठाउनु भएकोमा खुशि व्यक्त गरेका छन । उनले भने मेयर साव आफै नभ्याएर मलाइ लैजान अनुरोध गर्नुभयो । आफ्नो वडावासीले यसरी सेवा पाउदा आफुलाइ खुशि लाग्ने अध्यक्ष महतोले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार