राप्ती । राप्ती नगरपालिका को रोजगार शाखा वाट श्रम स्वीकृत लिने र नविकरण गर्नेको संख्या बढेको छ । अहिले सम्म १५ जना भन्दा बढीले सेवा लिएका छन । पहिले काठमाडौ गएर श्रम स्वीकृत लिनुपर्नेमा अहिले आफ्नै पालिकामा सेवा लिन पाएकोमा नगरवासी खुशि भएका छन । यसले समयको बचत पनि हुने र खर्च पनि कम हुने भन्दै सेवाग्राहिले खुशि व्यक्त गरेका हुन । नगरवासीले विदेश जानको लागी पालिकामानै गएर सेवा लिन थालेपछि यसमा सवैको चासो बढेको नगर उपप्रमुख देवेन्द्र लामाले बताए । लामाका अनुसार रोजगार शाखामा आउनेहरुले सेवा लिनु भएको छ । उहाहरुलाइ थप सहजीकरणको लागी पालिकाले पनि ध्यान दिने बताए । सेवाको बिषयमा सेवाग्राहीको वाहिर जाने देश र उमेरको आधारमा श्रम गरे वापतको शुल्क लाग्ने बताए । यो देशैभरी एउटै शुल्क लाग्ने र यसमा पालिकामा सेवा लिए वापत अन्य शुल्क नलाग्ने बताए । अहिले नगरवासी विस्तारै विस्तारै बढ्न थालेको लामाले बताए । रोजगार शाखामा श्रमको स्वीकृती र नविकरणको काम हुने शाखा प्रमुख दिपेन्द्र चौधरीले बताए ।