जन्मेको आधारमा नागरिकताको सिफारिस गर्न सवै वडालाइ नगर प्रमुख लामाको अनुरोध

 

राप्ती । राप्ती नगरपालिकाले जन्मसिद्ध नागरिकताको सिफारिस गरिदिन आफ्नो मातहतमा रहेका सवै वडा कार्यालयलाइ अनुरोध गरेको छ । नगरका केहि वडाकार्यालयले जन्मसिद्ध नागरिकताको लागी सिफारिस दिन आनाकानि गरेको गुनासो आएपछि नगरपालिकाले सवै वडाकार्यालयलाइ परिपत्र गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले नगरपालिकालाइ पठाएको पत्रको आधारमा जन्मसिद्ध नागरिकताको बिषयमा सिफासिर गर्न भनेपछि नगरले वडा कार्यालयलाइ पत्रचार गरेको हो । बुधवार राप्ती नगर प्रमुखले जन्मसिद्ध नागरिकताको बिषयमा हाम्रा वडा अध्यक्ष ज्युहरुले दोधारमा पर्नुभएपछि सिफिारिस गर्न अनुरोध गदै पत्रचार गरेको बताए । उनले भने वडा कार्यालयले नियमन प्रकृया पुर्याएर सिफारिस गर्न मिल्छ र पर्छ पनि, यसकारण सवै वडा कार्यालय वाट सिफासिरमा सहजता गरिदिन उनले अनुरोध समेत गरेका छन । केहि समय अगाडी गृहमन्त्रालयले सुचना जारी गदै चेकलिष्टको आधारमा नागरिकताको बिषयमा निर्णय गरेको भन्दै नगर प्रमुख शमशेर लामाले सिफारिसमा रोकावट नआउने गरि काम गर्न अनुरोध गरेका छन । उनले जिल्ला प्रशासन कार्यालय वाट पनि सिफारिसको लागी अनुरोध पत्र आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार