राप्ती । राप्ती नगरपालिका वडा नं ३का जनप्रतिनिधि बुधवार बिभिन्न योजनाको अनुगमनमा गएका छन । वडा अध्यक्ष शिवकान्त ओली सहित कार्यपालिका सदस्य कविता राइ, वडा सदस्य मान बहादुर प्रजा र सागर राइ, वडाका सव इन्जिनियर चेतनाथ थपलिया अनुमगनमा गएका हुन । नगरले असार २० सम्ममा योजना सम्पन्न गरी सक्नुपर्ने भन्दै निर्देशन दिएपछि वाकि रहेका योजना के के भए भनेर बुझ्न गएको वडा अध्यक्ष शिबकान्त ओलीले जानकारी दिए । उनले राप्ती ३ को प्रगतीपुर बाटोमा ढलान भइरहेको र सोहि समयमा गएर अनुगमन गरिएको बताए । योजनाको काममा गुणस्तर कम हुने भन्दै स्थानियले गुनासो गरेपछि ओली सहित जनप्रतिनिधि, प्राविधिक ढलान हुने ठाउमा पुगेको हो । सो वाटोको करिब १ सय ११ मिटर ढलान भइरहेको छ । वडाको ८ लाख रुपैया बजेटमा अहिले काम अन्तिम चरण पगेको छ । ओलीले भने बुधवारनै काम सकिदै थियो तर मिस्त्रीको परिवारमा दुखद घटना भएपछि काम रोकिएको हो । यो काम विहिवार सकिन्छ । वडाले वाटो ढलानसंगै दुइ वटा वडाले उपलव्ध गराएको शौचालय समेत अनुगमन गरेको छ । एकल महिला देवीमाया राइलाइ वडाले दिएको शौचालय र अर्काे वोल्न नसक्ने राइ समुदायकालाइ दिएको शौचालय अुनगमन गरेको हो । वडाले आफैले बनाइदिएको विपन्न परिवार सागर मुक्तान र राधिका प्रर्जाको घर पनि अनुगमन गरेको छ ।वडाको ६ लाख रुपैयामा दूइ वटा घर निर्माण गरिएको हो । सवै काम समयमानै सकिने ओलीले बताए ।
यसका साथै वडा भित्र पर्ने राष्ट्रिय आधारभुत विद्यालय पर्सालाइ पढ्नमा सहज होस भन्दै एलइडि टिभि सहयोग गरेको छ । वडाले प्रविधिमैत्री शिक्षाको विकास हुने आसा राख्दै विद्यालयलाइ सो टिभि हस्तान्तरण गरेको कार्यपालिका सदस्य कविता राइले बताइन । उनले शिक्षामा हामीले सुरु देखिनै लगानी गरेका छौ । हरेक बर्ष शिक्षामा लगानी बढाएका पनि छौ । यसकारण प्रविधिमैत्री पढाइको लागी यो सहयोग हो उनले भनिन ।
राप्ती ३ का जनप्रतिनिधि अनुगमनमा, गुणस्तरिय काम होस भन्दै फिल्डमा उत्रेको अध्यक्ष ओलीको भनाइ
