राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले आज हुनुपर्ने नगर सभा नभएको भन्दै दुख व्यक्त गरेका छन । लामाले आफ्नो सचिवालयको फेसवुक आइडीमा नगर सभा हुन नसकेकोमा दुख व्यक्त गरेका हुन । उनले असार मसान्त सम्ममा गर्ने चाजोपाजो मिलाउने बताए । लामाले लेखेका छन ”राप्ती नगरपालिकाले आज नगर सभा सम्मन्न गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै असार मसान्त सम्ममा पुन समन्वय गरी नगर सभा गर्नको लागी प्रयत्न गर्ने बताएका छन ।”असार १० भित्रमा हुनुपर्ने नगरको निती तथा कार्यक्रम समेत प्रस्तुत हुन नसकेको पछि लामाले यस्तो प्रतिक्रिया दिएका हुन । प्रमुख लामा र केहि वडा अध्यक्षहरुमा सिलिङ्गको बिषयमा विवाद भएको थियो । केहिले सिलिङ्ग कम भएको भन्दै असन्तुष्ट जनाएका थिए । लामाले यस पटक शाखागत बजेट बढाउनु पर्ने प्रस्ताव गरेका थिए । उनले शिक्षा शाखालाइ मात्र करिब ६ करोड बजेट राख्नुपर्ने बताएका छन । निशुल्क शिक्षा अन्र्तगत पालिका भरीका छोराछोरी पढ्न पाउन भन्दै उनले ६ करोड बजेट शिक्षामा राख्न माग गरेका हनु । कृषि र पशु शाखामा पनि उनको बजेट बढी राख्नुपर्ने काम रहेको छ । उनले उद्योग वाणिज्य संघको भवन निर्माणलाइ समेत ५० लाख बजेट राख्नुपर्ने बताएका छन । यी प्रस्तावहरुमा बजेट सिलिङ्ग बढेपछि वडालाइ १ करोड ४५ लाख देखि १ करोड ५५ लाख सम्मको बजेट तोकिएको थियो ।