राप्तीमा नगर सभा कहिले ? सिलिङ्ग कम भएको भन्दै वडाअध्यक्ष असन्तुष्ट

राप्ती नगरपालिकाले यो आर्थिक बर्षको नगर सभा तोकिएको सिमा समयमा गर्न सकेन । स्थानिय तहले नयाँ आर्थिक बर्षको लागी असार १० भित्र प्रस्तुत गर्नुपर्ने बजेट तथा निति कार्यक्रम राप्तीमा भने भएन । बजेटको बिषयमा जनप्रतिनिधि विच आपसमा कुरा नमिलेपछि नगर सभा हुन नसकेको हो । सभाको बिषयमा वारम्वार बसेको कार्यपालिका बैठकमा विवाद मात्र हुने, विवाद पछि स्थगित भएपछि आइतवार हुनुपर्ने नगरसभा हुन नसकेको हो । नगरले वडालाइ ३ भागमा विभाजन गरेर बजेटको सिलिङ्ग पठाएको थियो । राप्ती नगरपालिका वडा नं २,४,५ र ७ लाइ १ करोड ४५ लाख, वडा नं १,३,६,८ र ९ लाइ १ करोड ५० लाख रुपैया र पहाडी वडाहरु १० देखि १३ सम्मलाइ भने १ करोड ५५ लाख रुपैयाको सिलिङ्ग पठाएको हो । तर वडा अध्यक्षहरुले सिलिङ्ग बजेट कम भएको भन्दै कार्यपालिकामा विवाद गरेका थिए । वडामा २ करोड बराबरको सिलिङ्ग पाउनु पर्ने भन्दै वडा अध्यक्षहरुले विरोध गरेका हुन । नगर प्रवक्ता श्यामसुन्दर उप्रेतीले असार १ गते आव्हान गरेको कार्यपालिका बैठक समेत स्थगित भएको र पहिले कार्यपालिकाले गरेका निर्णयको समिक्षा र कार्यन्वयन हुनुपर्ने माग गरेका थिए । जव सम्म यस बिषयमा ठोस निर्णय आउदैन तव सम्म कार्यपालिका बैठक नबस्ने भनिएपनि असार ९ गते बसेको कार्यपालिका बैठक पनि स्थगित भएको थियो । वडालाइ २ करोड भन्दा कम बजेट सिलिङ्ग प्रस्ताव नगर्न प्रवक्ता उप्रेतीले अनुरोध गरेका थिए । यसको प्रतिउत्तर मा नगर प्रमुखले शाखागत वजेट बढेको भन्दै २ करोड दिन नसकिने बताए । नगर सभा किन नभएको भन्ने प्रश्नमा नगर प्रमुख शमशेर लामाले भने ”एमाले निकट कार्यपालिका सदस्यले बजेटको सिलिङ्गमा असन्तुष्ट जनाएर अघि बढ्न नसक्ने अडान लिए पछि नगर सभा नभएको हो । १ करोड ४५ लाख देखि १ करोड ५५ लाख सम्मको बजेट प्रस्ताव मैले गरेको हुँ । यसमा एमाले निकट कार्यपालिका सदस्यलाइ चित्त बुझेन २ करोड माग्नु भयो । यो सम्भव रहेन , २ भन्दा केहि तल र अहिले प्रस्तावित बजेट भन्दा माथि जान सकिने थियो तर यो पनि कुरा नमिले पछि नगर सभा हुन नसकेको हो । ”
शनिवार आव्हान गरेको कार्यपालिका बैठक पछि नगर उपप्रमुख देवेन्द्र लामाले केहि मिलाउने प्रयास गरेका थिए । एमालेका जनप्रतिनिधिका प्रमुख नेता एवं वडा नं ५ अध्यक्ष सिताराम वल र वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यसंगको बैठक पनि आइतवार आएर तुहिएको हो । उपप्रमुख लामाले आइतवार २ बजे वाट भएपनि नगर सभा गर्ने र निति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रयास भएको तर अन्तिम समयमा आएर जनप्रतिनिधि विचनै असहमती भएपछि आइतवार नगर सभा हुन नसकेको बताए ।
वडा नं ५ वडा अध्यक्ष सिताराम वलका अनुसार मंगलवार कार्यपालिका बैठक हुने र त्यसपछि नगर सभाको बिषयमा ठोस निर्णय आउने बताए । नगरसभा नहुने बजेट पास नहुने भन्ने होइन हामी सवैले जनताको काम गर्न आएका हौ । यो बजेट पारित गराएर जनताको काम हुन्छ । केहि आपसी मनमुटाव होला यो पनि टुङ्गिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार