राप्ती । राप्ती नगरपालिकामा अव देखि डिजिटल प्रणाली मार्फत घरको नक्सा पास गर्न सकिने भएको छ । आइतवार नगरमा सवै वडाका वडा सचिवहरुलाइ एक कार्यक्रम मार्फत नक्सा पास सम्वन्धि प्रशिक्षण दिइएको हो । एडन टेक्नोलोजिले निर्माण गरेको सफ्टवयर नगर प्रमुख शमशेर लामाले समुद्घाटन गदै वडा नगरको नक्सा पास सम्वन्धी काम द्रुत गतिमा बढ्ने बताए । उनले प्रविधि मैत्री पालिका बनाउने अभियानमा सहजीकरण भइरहेको बताए । नगर प्रमुख लामाले वडा सचिवहरुलाइ निर्देशन दिनुहुदै जनताले पाउने सेवा र सुविधामा कति पनि ढिलासुस्ति हुन नहुने बताए । उनले घर जस्तो कुराको नक्सा पासलाइ वडाले सहजिकरण गर्दा पालिकाले गुणस्तरिय काम गर्नुपर्ने बताए । वडा सचिवहरुको जिम्मेवारी थप भएको र यसलाइ इमान्दारपुर्वक काम गर्न उनले निर्देशन दिएका हुन । आइतवार भएको प्रशिक्षण कार्यक्रममा वडा सचिव तथा वडा नं ६ का जल्लु महतो थारु, ८ का पुर्ण प्रसाद आचार्य वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेको उपस्थिती रहेको थियो । आउदो आर्थिक बर्ष देखि वडा वडामानै नक्सा पास हुने नगर प्रमुखले बताए ।