कहिले बल्छ बत्ति ? अध्यारोमा राप्तीको पहाडी भुगोल

अनिल अधिकारी
राप्ती । राप्ती नगरपालिका वडा नं १२ का जनता बिजुलीको प्रतिक्षामा बसेको अहिले साढे ३ बर्ष भन्दा बढी भयो । अझै अनधकारमा जनताले जिवन विताइरहेका छन । वडाका जनप्रतिनिधि विद्युत प्राधिकरण धाउन थालेको बर्ष विति सक्यो अझै काम भएको छैन । जनतालाइ यो बर्ष विजुली आउछ भनेर भन्न थालेको ३ बर्ष भयो भन्छन वडा नं १२ का अध्यक्ष अर्जुन प्रजा, उनले गुनासो गदै भने जनतालाइ विजुली आउछ आउछ भनेको पनि छ बर्ष भयो तर आउदैन । यो पटक आउछ कि भन्ने आसा भने उनमा रहेको छ । आफु निर्वाचित भएर आएपछि विजुली ल्याउने र गाउँ नै उज्यालो बनाउने सपना पुरा हुन नसकेकोमा दुख लाग्छ । तर पनि आसा मरेको छैन । आफ्नो पहिलो कार्यकालमा विजुली नआए पनि दोस्रो कार्यकालमा आउने कुरामा उनि ढुक्क रहेको छन । उनि विजुली ल्याउने गाउँनै उज्यालो पार्ने अभियानमा रहेका छन । उनले राप्तीको धेरै ठाउमा आफ्नै पहलमा पोल गाडि सकेका छन । पोल पुगेको ठाउमा तार पनि पुग्दैछ तर प्राधिकरण तार टाग्न पनि किचकिच गरेको देख्दा उनलाइ उदेग लाग्छ । वडा अध्यक्ष भन्छन सरकारले दिएको जिम्मेवारी हामी जनप्रतिनिधि र सरकारी कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले दिनभरी वडाको काममा आफुहरु व्यस्त भएता पनि साझ साझ झन विजुलीको अभाव खड्केको देख्दा उनलाइ जनताको लागी उज्यालो दिन नसकेकोमा दुख लाग्छ । उनले वडा वाटनै वजेट व्यवस्थापन गरेका छन । नगरसंग गुहारेका छन । उनले प्रदेश देखि संघ सम्म विजुली ल्याउन पहल गरेका छन । तर प्राधिकरणको अनुसार विजुलीको काम गर्ने ठेकेदार कालोसुचिमा परेपछि भने काम रोकिएको हो । अव ठेकेदार निक्लिए पछि मात्र काम हुने प्राधिकरणको ठोकुवा रहेको छ । राप्तीको विभिन्न स्थानमा वडाले आफ्नै खर्च गरेर होस या आफ्नै श्रमदानमा होस पोल गाडिरहेको छ । आफ्नै ढुवानी खर्चमा काम गरिरहेको छ । तर प्राधिकरणले चासो कम दिएको स्थानियको गुनासो रहेको छ ।

मेरै पालामा बत्ति बल्छ : मेयर लामा
राप्तीका मेयर शमशेर लामाले राप्ती १२ मा मात्र होइन सवै क्षेत्रमा बत्ति लैजाने प्रयास भइरहेको बताए । उनले आफु सरकारमा आएपछि बत्ति बाल्नको लागी धेरै प्रयत्न भएको तर त्यो काम अव पुरा हुनेमा विश्वास व्यक्त गरे । हामी तल भेगमा छौ हामी उज्यालोमा छौ तर पहाडमा आफ्ना जनता अध्यारोमा रहेकोमा उनले दुख व्यक्त गरे । यसको लागी स्थानिय सरकारले गर्नुपर्नै काम र दायित्वको बिषयमा हामी लागी पर्नेछौ । यसको जिम्मेवारी प्राधिकरण हो तर पनि प्राधिकरणको चासो कम भएको भन्दै राप्तीका जनतालाइ छिटो बत्ति वाल्न मद्दत नगरेको उनको गुनासो रहेको छ । उनले बत्ति नबल्ने, स्थानिय जनताको अगाडी काम गरेको भन्दै श्रय लिन खोज्ने मात्र भएको भन्दै अव राप्ती सरकारलेनै बत्ति वाल्ने प्रतिवद्धता जनाए ।

अध्यारो जिवनको अन्त्य हुन्छ : उपमेयर लामा
आफुहरु निर्वाचित भएर आएपछि राप्तीको पहाडमा बत्ति लग्ने काम प्राथमकितामा राखेको राप्ती उप मेयर देवेन्द्र लामा बताउछन । लामाका अनुसार भदौमा गएर १२ को यौरालीटारमा बत्ति बालेरै आएको हो । जनतालाइ निशुल्क मिटर वक्स व्यवस्थापन गर्ने आवश्यक सहयोगलाइ नगरले समन्वय गर्ने बिषयमा सवै टुङ्गिएको लामाको भनाइ रहेको छ । तर पनि यसको जिम्मेवारी पाएको निकायले ध्यान नदिएको, चासो नदिएको भन्दै लामाले दुखेसो गरे । अव जनताको पक्षमा आफुहरुले काम गर्ने र यसको लागी नगरले बिशेष चासो राख्ने बताए । उनले नगरको कार्यपालिकामानै कुरा उठाएर राप्तीको पहाडी क्षेत्रलाइ चाडो उज्यालो बनाउने बताए । उनले थपे अव यहि बर्ष के कति सकिन्छ काम गरिनेछ । कामसंगै राप्तीका जनताले अध्यारोमा जिवन बिताउनु पर्ने दिनको अन्त्य हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार