क्यानडामा हुने एग्रिकल्चर अवार्डमा दनाई फार्म छनोट

हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० मा गाई भैसी तथा चौरी विद्या तर्फबाट ‘सर्वोत्कृष्ट एग्रिकल्चर अवार्ड’ चितवनको भण्डारास्थित ‘दनाई गाई पालन ब्यवसायी फार्म’ले प्राप्त गरेको छ ।
०७२ सालमा स्थापित फार्ममा करिब २०० वटा गाई छन् भने ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करिब १२ बिगाह जमिनमा फैलिएको फार्ममा उन्नत जातका गाईका लागि घाँसको समेत प्रबन्ध गरिएको छ । दैनिक ५५० लिटर दुध उत्पादन हुने सो फार्मबाट वार्षिक झण्डै एक करोडको आम्दानी हुने गरेको फार्मका सञ्चालकमध्येका नेत्रमणी दनाईले बताए । यो फार्म दाजुभाइ नेत्रमणी दनाई र निलकान्त दनाईले सञ्चालन गर्दै आएका हुन् ।

कृषि उद्यममार्फत राम्रो आयआर्जन गर्न सक्ने सम्भावनालाई दनाई गाई पालन ब्यवसायी फार्मले प्रमाणित गरेको छ । नेपालमा हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डपछि क्यानडाको नागराफल्समा आगामी अक्टोवर ११ तारिखमा सम्पन्न हुन गइरहेको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ मा समेत यो फार्म छनोट भएको छ । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकाश मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रमको कृषि तथा पशुपन्छी विकाशमन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शिखर नेपालका अध्यक्ष शेखर खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार