कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा माधव गिरी बिजयी भएका छन्।राप्ती नगरपालिका ८ स्थित मंगलबार भएको निर्वाचनमा ९२६ मत प्राप्त गरी गिरीले अध्यक्षका प्रत्यासी रामपुकार पाठकलाई पराजित गरेका हुन्।
अध्यक्ष पदका लागि पाठकले २७७, अर्जुन प्रजाले ४८ र श्यामकुमार चौधरीले जम्मा २० मत प्राप्त गरेका थिए। १५ सदस्यीय कार्यसमिति चयनका लागि उपाध्यक्षमा सिएनकुमार चौधरी (९५४), सचिवमा सन्तोषी बास्कोटा सेढाईँ (६८८), सहसचिवमा शिवराज धरेल (७६४), कोषाध्यक्षमा हरिमाया तामाङ (८६०) मत ल्याउँदै बिजयी भएका हुन्।
सदस्यहरुमा नवराज थपलिया (८३९), सुशीलकुमार चौधरी (९०६), सन्जु परियार (८६५), रीता खनाल (८५५), शान्ति महतो (८५१), कोपिला सापकोटा (८६४), सम्झना सुवेदी (८४२), डिलबहादुर तामाङ (८१०), राम भण्डारी (६७३) र अमृता कार्की क्षेत्री (७४२) मत प्राप्त गरी बिजयी भएका हुन्। कुल १४४१ मत खसेकोमा १३४८ मत सदर भएको थियो। कार्यसमिति चयनका लागि नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरु एक कित्तामा उभिएका थिए भने नेकपा माओवादी केन्द्रले छुट्टै प्यानल बनाएको थियो।