मनहरी सवस्टेशनको परिक्षण बिहिबार देखि सुचारु

मनहरी सवस्टेशनको परिक्षण बिहिबार देखि सुचारु हुने भएको छ । बुधबार नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै बिहिबार देखि परिक्षण सुरु गर्ने जानकारी दिएको हो । उक्त आयोजनाबाट हेटौँडा वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने मनहरी गाउँपालिकाको लोथर, सुनाचुरी, मनहरी बजार हुँदै मनहरी सवस्टेशन गएको ३३ के.भि प्रसारण लाईन निर्माण कार्य सम्पन्न भएको सुचनामा उल्लेख गरीएको छ ।

साथै उक्त स्थानको ३३ के.भि प्रसारण लाईनमा जडान गरीएको पोल, तार, स्टे लगाएतका विद्युतीय उपकरणहरु न्छुन, घर पालुवा जनावरहरुलाई पोल तथा स्टेमा नबाध्न तथा बालबच्चालाई उक्त विषयमा सचेत गराउन भनीएको छ । यस्तै उक्त स्थानमा कुनै पनि खतरा देखिएमा वा विद्युत लाइनमा रुखका हाँगाविँगा तथा बाँसले छोएको देखिएमा ९८५११७४४१० मा सम्पर्क गर्न आयोजना प्रमुख संगिता कार्की पौड्यालले जानकारी दिनुभयो ।

श्ुक्रबार देखि पुर्ण रुपमा सुचारु गरीने प्रमुख पौड्यालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार