राप्तीका मेयर लामाले भने “वृद्धभत्ता लिन भण्डारा नआउनुहोस , अव देखि वडामै आउछ”

राप्ती । राप्ती १२ का जनताले वृद्धभत्ता दिन खुरखुरे सम्म पुग्न गाह्रो भएको भन्दै गुनासो गरेका छन । राप्तीको यौरालीटारमा जनतासंग मेयर कार्यक्रममा आफ्ना नगर प्रमुखलाइ मर्ने वेलामा एक मुठ्ठी श्वास लिएर कष्टकर यात्रा गर्नुपरेको बताए । बुढेसकालको वाच्ने आधार वृद्धभत्ताले ज्यानै पो लिन्छ कि भन्ने लागि रहन्छ भन्दै वडामानै वृद्धभत्ता व्यवस्था गर्न माग गरेका छन । नगर प्रमुख शमशेर लामाले अवको वृद्धभत्ता वडामानै उपलव्ध गराउने प्रतिवद्धता जनाउदै अन्य समस्या र गुनासो सुनाउन अनुरोध गरे । स्थानियले हरेक बर्ष बजेट बन्छ तर स्थानियसंग सहजीकरण नभएको गुनासो गरेका छन । नियमित वडामा कर्मचारी नहुने, जनप्रतिनिधिलाइ भनेको समयमा भेट्न नसकिने मुख्य समस्या भएको स्थानियले नगर प्रमुखलाइ सुनाए । प्रमुख लामालाइ विकास निर्माणको बिषयमा जनताको धेरै चासो र प्रश्न रहेको थियो । सडक विस्तार कहिले सम्म हुन्छ ? आवश्यक भौतिक संरचना कहिले सम्म बनि सक्छ ? वाटो किन सुध्रिएन भने गुनासो गरेका थिए ।

यसका अलवा नगर र वडाले वितरण गर्ने अुनदानमा समेत एकरुपता नभएको बताए । कोहिले दुइ वा सो भन्दा बढी पाएका छन । कोहि भने अहिले सम्म रित्तो हात छ भन्दै यसमा एकरुपता हुनुपर्ने बताए । यो संगै यौरालीटारमा रहेको गणेश माविलाइ अझ बिशेष रुपमा नगरले हेर्नुपर्ने बताए । नगर प्रमुख शमशेर लामाले जनताको सवै गुनासोलाइ सम्वोधन हुने र वडा सरकारले अवका दिनमा स्थानियसंग छलफल गर्ने बताए । वडा सरकारले यो बर्षको बजेट व्यवस्थापन गर्न र सिलिङ्ग तयार पार्नको लागी सहजीकरण गर्न निर्देशन दिने बताए । राप्ती १२ को भुगोलपहाडी भएको र यसलाइ सहज बनाउन सडक निर्माण देखि विकासको काममा नगरपालिकाको आखा पुगेको उनले बताए । अवका दिनमा हामी अझ धेरै काम गर्नेछौ । यसमा जनताको हितका लागी काम हुनेछ ।

नगर प्रमुखले वृद्धभत्ताको सवालमा भने स्प्रष्ट भनेका छन राप्ती १२ का वा आमा मेरा वा आमा हुन उहाहरुको लागी एउटा छोरोले गर्नुपर्ने काम गर्छ अवका दुख पाउनु हुन्न । स्थानिय विभिन्न राजनैतिक दलका प्रतिनिधिको उपीस्थतीमा जनतासंग मेयर कार्यक्रम भएको हो । कार्यक्रममा गणेश माविका विद्यार्थीहरको सहभागिता मात्र रहेन उनिहरुले आफ्नो गुनासो समेत व्यक्त गरेका थिए । विद्यार्थीले विद्यालयमा आउन जान हुने समस्या देखि खानेवस्ने समस्या समेत भएको बताएका थिए । यसमा नगरपालिकाले सहजीकरण गर्नुपर्ने बताए । नगर प्रमुख लामाले यसका लागी पालिका सदैव सचेत रहने प्रतिवछता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार