युवा संघ नेपाल चितवन जिल्ला अध्यक्षमा सुजन लामा चयन

चितवन, असार ४ –
नेकपा एकीकृत समाजवादीको युवा संगठन युवा संघ नेपालको जिल्ला अध्यक्षमा सुजन लामा चयन भएका छन् ।

सोमबार भरतपुरस्थित पार्टी कार्यालयमा भएको भेलाले लामाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो

कमिटीको उपाध्यक्षमा सुन्दर कट्टेल, सचिवमा विवेक चापागाईं, सह–सचिवमा सुशील भट्टराई र कोषाध्यक्षमा चन्द्रु पौडेल चयन भएका छन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथि रहेको सो कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कृष्ण शर्मा खनाल, अध्यक्ष अरुण पीडित भण्डारी, उपाध्यक्ष कृष्णराज न्यौपाने ‘लब्ली’, सचीव के पी लामिछाने, सहसचिव तथा मोर्चा फाँट प्रमुख नरेन्द्र कन्दवा, युवा संघ सहइन्चार्ज गंगालाल लामा, युवा संघ नेपाल केन्द्रिय स्थायी कमिटी सदस्य शम्शेर लामा, केन्द्रिय सदस्य फणीन्द्र श्रेष्ठ, दिनेश घलान,अनेरास्ववियूका स्थायी कमिटी सदस्य विजय खनाल, जिल्ला अध्यक्ष सुजन ढकाल लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला भेला संजिब लामिछानेको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार