पूर्वी चितवनको रत्ननगरमा यही असार १५ र १६ गते बृत्ती मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । श्रम बजारमा रोगजारीको पहिचानको लागि मेला आयोजना गर्न लागिएको मेयर प्रल्हाद सापकोटाले बताए । रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिकाको सयुक्त आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा रत्ननगरमा मेला आयोजना गरिएको हो । विदेशबाट फर्किएका, कामको खोजिमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरुलाई लक्षित गरी रोजगार मेला आयोजना गरिएको मेयर सापकोटाले बताए । रोजगारदाता र कामको खोजिमा रहेका युवाहरुलाई प्रत्यक्ष रुपमा भेट गराउने र रोजगारीको सुनिश्चितता गर्न मेला कोसेढुंगा सावित हुने उनले बताए । मेलामा बेरोजगार युवाहरुको क्षमता पहिचान र रोजगारको अबसरको खोजि गरिने छ । इन्स्योर परियोजनाका प्राविधिक संयोजक कुश बहादुर गुरुङले भरतपुरमा गत बर्ष गरिएको रोजगार मेलाको प्रभावले १७ जनालाई प्रत्येक्ष रोजगारी तथा अन्यले पनि रोजगारी पाउने क्रम जारी रहेको बताए । सोमबार रत्ननगर नगरपालिकाको कार्यालयमा तयारी बैठक बसेको छ । सो बैठकमा सरोकारबालाहरुले मेलालाई अर्थपूर्ण बनाउने बताएका छन् । मेयर सापकोटाको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, चितवन उद्योग संघ रत्ननगर ईकाइ संयोजक गोविन्द प्रसाद खनाल, इन्स्योर परियोजनाकी रुपा गुरुङ लगायतको सहभागिता रहेको थियो ।
बैठकमा मेलाका कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले सहजीकरण गरेका थिए ।