यो पटकको बागमती प्रदेशको बजेटमा राप्ती नगरपालिका

 

राप्ती । आर्थिक बर्ष २०८० / ८१ को लागी बागमती प्रदेशले असार १ गते बजेट ल्याएको छ । चितवनको राप्ती नगरपालिकाको सवै वडामा बजेट परेका छन । तर बजेट समानन्तर भने छैन । कुनै वडामा धन्दै आधा दर्जन भन्दा बढी बजेट परेका छन भने कुनै वडामा नाम मात्रको बजेट परेको छ । यस बर्ष पनि राप्ती ११ को हात्तिढाप सुरखण्डी ढकुरीभञ्ज्याङ्ग कान्दा कमिनचुली जानेवाटो निर्माणको लागी ८ करोड बजेट विनियोजन भएको छ । त्यस्तै
राप्ती वडा नं १ देखि ४ सम्मको लागी प्रतापपुर माउ कुलो सवलिकरणको लागी ६०लाख बजेट विनियोजन भएको छ । उता वराप्ती ७ र ८ को सिमाना रहेको मदन चोक देखि वडहरा चोक सम्म कालोपत्रेको लागी ६ करोड बजेट परेका छन
वाकि कुन कुन वडामा कति वजेट परे हेर्नुहोस ।

वडा नं १
वैद्यपानी खानेपानी विस्तारको लागी २० लाख , निर्मल श्रेष्ठको घर पछाडी पट्टिको कुलो लाइनिङ्ग गर्नको लागी १० लाख, पिप्ले सिचाइ कुलाको मर्मतको लागी १० लाख , सुरदेवी खानेपानी आयोजनाको लागी ६ लाख ५० हजार , सुरदेवी खोल्सा तटवन्धको लागी १० लाख , लोखर परेवाकोट लामवगर पर्यटकिय मार्गको लागी २० लाख, राष्ट्रिय मावि महादेवटारको भवन निर्माणको लागी ३० लाख, गुन्दिघोल ताल पानीको पक्कि वाल निर्माणको लागी १० लाख

वडा नं 2
सुरदेवी ढाड खोल्चा तटवन्धनको लागी १० लाख,

वडा नं ३
राप्ती ३ को झुरझुरे हुदै धमिली, मैनाटार, रानीवास, थाकलटार, चेपाङ्गमार्ग जोड्ने सडक विस्तारको लागी ४ करोड , राप्ती ११ जोड्ने सडक स्तर उन्नतीको लागी ३० लाख, जनज्योति आधारभुत विद्यालयको घेरवारको लागी १५ लाख,

वडा नं ४
भवानीपुर सिचाइ योजनाको लागी १० लाख, शिखर हरियाली इको पार्क संरक्षणको लागी ८० लाख, गैडाढाप पुल देखि हर्दाली टोल सम्मको कालोपत्रे वाटोको लागी ४० लाख, भवानीपुर पुल देखि चेपाङ्ग मार्ग सम्मको खहरे खोला तटवन्धनको लागी १० लाख,

वडा नं ५
भण्डारा शिखर खानेपानी योजनाको डिपिआर निर्माणको लागी ३० लाख, भण्डारा शिखरवस्ती खानेपानीको ओभरहेड ट्याङ्गी निर्माणको लागी ३० लाख,

वडा नं ६
जनमुखि डेरी देखि खैरहनी सिमाना नाला सहित कालोपत्र को लागी ४ करोड ५० लाख, पम्फाखोला नियन्त्रणको लागी १० लाख, शिव दनैको गोठ वाट उत्तर धमौराकुलो जोड्ने सिचाइ नालाको लागी १० लाख, मुडाभार कुलो सिचाइ योजनाको लागी ५० लाख, हर्दि कुलो सिचाइ योजनाको लागी ५० लाख,पुल्वारी देखि लौकाही, महल फुलौरिया, मुडाभारm गठौली सम्मको सडकको लागी १० लाख, श्रीराम मन्दिर पुर्ननिर्माण देखि परिसरमा मठमन्दिरको लागी ८ लाख, दसै चौधरीको घर देखि राजेन्द्र अधिकारीको घर सम्म सिचाइ कुलो लाइनिङ्गको लागी १० लाख,

 

वडा नं ७
दैतेकुलो पक्कि निर्माणको लागी १० लाख, सितलमार्ग स्तर उन्नतीको लागी २० लाख, सिक्सग्रुप गुम्वा र खानेपानी ट्याकिको विचको वाटो जोड्ने पक्कि पुल निर्माणको लागी २ करोड

वडा नं ८
चिप्लेटी कुलो निर्माणको लागी १० लाख, टिसिएन रोड देखि इट्टा भट सम्म कालिका मार्गको लागी २० लाख, वैरनी खोल्सी संरक्षणको लागी २० लाख, चिप्लेटी खोला सिचाइ योजनाको लागी १० लाख

वडा नं ९
रसौली भुमिगत खानेपानीको लागी १२ लाख, लदरी खोला वाट गोठेश्वरी जोड्ने पक्किपुलको लागी ५० लाख, पानीसराढाप इको टुरिजम पार्कको लागी २५ लाख,

वडा नं १०
दैत्यकुलो सिचाइ योजनाको लागी १० लाख, चिप्लेटि दरमाली वाकान्ती फाल्छिराने खानेपानी निर्माण १० लाख, सिताराम डाडा कोराक खानेपानी आयोजना १३ लाख, सिक्रिवाँग कुलो मुहान तटवन्धन १० लाख, दरमानी देखि कालिखोला सम्म ग्रावेल वाटो सहित पक्कि नाला निर्माणको लागी २० लाख

वडा नं ११
चैथली गाधेरी वानेवाङ्ग सिचाइ डिपवोरिङ्ग निर्माण १० लाख

वडा नं १२
डिहिटार सिचाइ आयोजनाको लागी १० लाख

वडा नं १३
स्यामराङ्ग चिलिप्ती खानेपानी आयोजनाको लागी ३० लाख, ढुवगे खानेपानीको लागी १५ लाख,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार