पिप्लेको राष्ट्रिय माविलाइ भवन निर्मा०ाको लागी ३० लाख

 

राप्ती । राप्ती नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय मावि लाइ भवन निर्माणको लागी ३० लाख रुपैया बजेट विनियोजन भएको छ । बागमती प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा विद्यालयको भवन निर्माणको लागी सो रकम परेको हो । आर्थिक बर्ष २०८०÷८१ को लागी बजेट परेको विद्यालयका प्रधानध्यापक हरि प्रसाद उप्रेतीले बताए । उनले प्रदेश सरकारले विद्यालयको अभाव बुझेर बजेट विनियोजन गरेकोमा खुशि व्यक्त गरे । उनले विद्यालयको भौतिक संरचना विस्तार राम्रो हुदै गएको र यसका लागी यस पनि बजेट परेपछि थप कक्षा कोठाको लागी भवन निर्माण हुने उप्रेतीले बताए । यसअघि प्रदेश सरकार वाट स्कुल वस पाएको विद्यालयले अहिले भने भवन निर्माणको लागी बजेट पाएको हो । राप्तीको पुर्वीय भेग , छिमेकी पालिका राक्सिराङ्ग, मनहरीका विद्यार्थी पढ्न आउछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार