राप्ती । बागमती प्रदेशले आर्थिक बर्ष २०८०/८१ को लागी राप्तीमा खानेपानीमा प्रशंसा गर्न लायक बजेट विनियोजन गरेको छ । यो आर्थिक बर्षको लागी राप्तीको विभिन्न वडामा १ करोड ५० लाख भन्दा बढी बजेट बिनियोजन गरेको हो । राप्ती नगरपालिका वडा नं १ को वैद्यपानी खानेपानी विस्तारको लागी २० लाख, सुरदेवी खानेपानी आयोजनाको लागी ६ लाख ५० हजार बजेट छुट्टाएको छ । राप्ती नगरपालिका वडा नं ५ को भण्डारा शिखर खानेपानी योजनाको डिपिआर निर्माणको लागी ३० लाख, भण्डारा शिखरवस्ती खानेपानीको ओभरहेड ट्याङ्गी निर्माणको लागी ३० लाख बजेट विनियोजन भएको छ । राप्ती नगरपालिका १० नं वडाको चिप्लेटि दर्माली वाकान्ती फाल्छिराने खानेपानी निर्माण १० लाख, सिताराम डाडा कोराक खानेपानी आयोजना १३ लाख बजेट रहेको छ । वडा नं १३ को स्यामराङ्ग चिलिप्ती खानेपानी आयोजनाको लागी ३० लाख र ढुवगे खानेपानीको लागी १५ लाख रुपैया बजेट विनियोजन भएको हो ।