भाडाको गाडीको बिषयमा आएको समाचार प्रति उपप्रमुख लामाको आपत्ति

राप्ती । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले नेपाल प्रेस अनलाइनमा आएको समाचार प्रति आपत्ति जनाउदै विज्ञप्ती निकालेका छन । लामाले नेपाल प्रेसले एक्लौटी ढगमा समाचार लेखेको भन्दै त्यसको विरोध गरेका हुन । उनले राप्ती नगरपालिकाको कार्यपालिका वैठकले निर्णय गरेर आफुले भाडाको गाडी चढेको र त्यसको भुक्तानीको बिषयमा मेयरको आपत्ति नरहेको भन्दै समाचारमा उल्लेख भएका कुरा झुटो भएको बताए । उनले समाचारमा गाडीको भाडा भुक्तानीमा मेयरले नमानेको भन्दै उल्लेख गरिएको र सो कुरा सरासर झुठो हो । बैशाख २८ मा बसेको कार्यपालिका वैठक निर्णय नं ८ को विविधमा गाडी भाडामा लिएको भुक्तानिको बिषयमा स्प्रष्ट लेखेको भन्दै समाचार लेख्दा सत्यतथ्य जानकारी लिएर मात्र समाचार लेख्नुपर्ने बताए । उनले प्रमुख प्रशासकिय अधिकृतले बन्द गर्ने कार्यपालिकाको माइन्युटमा अहिलेका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने सहित नेकपा एमालेका जनप्रतिनिधिका नेता एवं वडा नं ५ का अध्यक्ष सिताराम वलले समेत हस्ताक्षर गरेको उनले बताए । नगरको सवैले स्वीकृत गरेको कुरालाइ मेयर र प्रमुख प्रशासकिय अधिकृतले मानेन भनेर समाचार लेख्नु गलत भएको उनले बताए । उनले समाचारको कसले र किन बनायो थाहा भएन तर यसरी समाचार लेख्नुहुदैन भन्दै यस्ता समाचारले पित पत्रकारीतालाइ प्रोत्सहान गर्ने उनले बताए । उनले मेयर साव आफैले असार १ गते बसेको बैठकमा समेत गाडीको बिषयमा स्प्रष्ट पारि सक्नु भएको छ । विहान बैठकमा गाडीको बिषयमा स्प्रष्ट कुरा आउनु तर दिउसो आएको समाचार प्रति आफ्नो घोर आपत्ति रहेको भन्दै जो कोहिले पनि राप्ती नगरपालिकाको १५ औ बैठकके निर्णय आएर हेर्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार