जनतासंग मेयर – समिटार मा वि, राजनैतिक दलको सभा हल भएको स्थानियको गुनासो

 

राप्ती । समिटारमा रहेको विद्यालय राजनैतिक दलको सभाहल भएको भन्दै विद्यालयमा राजनैतिक गतिविधि रोक्नको लागी स्थानियले माग गरेका छन । जनतासंग मेयर कार्यक्रममा सहभागि जनताले समिटारमा रहेको विद्यालयमा राजनैतिक दलको विभिन्न कार्यक्रम हुने र यसले पढाइमा असर गरेको बताए । विद्यालय पढ्नको लागी हो भन्दै राजनैतिक दलको कार्यक्रम हुन नहुने स्थानियको माग रहेको छ । वडा नं १० का जनताले वडामा सडक पुगेको भएपनि गुणस्तर नभएको, विद्यालय आउन जान खोला बाधक रहेको भन्दै आउन जानको लागी झोलुङ्गे पुलको माग गरेका छन ।

वडामा हुने खेलकुदका कार्यक्रममा युवा सहभागिता कम भएको, जग्गा नाप्ने काम किन ढिलाइ भएको भन्दै स्थानियले नगर प्रमुख समक्ष गुनासो गरेका छन । वडामा जनतालाइ सचेतना कार्यक्रम दिनुपर्ने, वडामा हुने कार्यक्रममा नगर प्रमुख र उपप्रमुखको सहभागिता कम हुने भन्दै वडा नं १० लाइ प्राथमकितामा राख्न अनुरोध गरेका थिए । नगर प्रमुख शमशेर लामाले वडा नं १० प्रति आफ्नो विचार सधै सकरात्मक रहेको भन्दै आएका गुनासो र सुझावमा तत्काल कारवाहि हुने बताए । लामाले विद्यालयमा राजनैतिक गतिविधि भएको खण्डमा तत्काल जानकार दिन अनुरोध गदै आवश्यक कारवाहि हुने प्रतिवद्धता जनाएका छन । उनले विकास निर्माणको काममा वडा सचेत रहनु पर्ने र जनताको दुख सुखमा वडाका जनप्रतिनिधि अझै सिरियस हुनुपर्ने बताए । लामाले यस पटकको बजेटमा आवश्यकता हेरी वडाको विकास हुने गरी वडा कार्यालयलाइ आवश्यक सुझाव दिन स्थानियलाइ अनुरोध गरेका छन । कार्यक्रममा पुर्व वडा सदस्य इन्द्र बहादुर तामाङ्ग, वडा सदस्य मान कुमार प्रजा लगायतकाले आफ्नो विचार राखेका थिए । कार्यक्रम वडा सदस्य पुर्ण बहादुर प्रजाको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार