तटबन्धको विषयलाई लिएर किसानहरु चिन्तामा- जनहितमा काम हुने वडा अध्यक्ष आचार्यको प्रतिबद्धता

तटबन्धको विषयलाई लिएर किसानहरु चिन्तामा- जनहितमा काम हुने वडा अध्यक्ष आचार्यको प्रतिबद्धता राप्ती । राप्ती नगरपालिका वडा नम्बर ४ र ६ को सिमाना पर्ने डुङ्ग्रे खोलामा भइरहेको तटबन्धको विषयलाई लिएर किसानहरुले चिन्ता व्यक्त गरेका छन् । बनिरहेको तटबन्ध अपुरो भएको र बर्खामा आउने भेलले खेतीयोग्य जमिनलाई असर पुर्याउने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका हुन् । राप्ती-४ भित्र पर्ने खोलाको ८ सय मिटरमा तटबन्ध कार्य हुँदै छ । प्रदेश सरकार र राप्ती नगरपालिकाबाट विनियोजित २ करोड २५ लाख बजेटबाट तटबन्ध काम सुरु भएको हो । राप्ती-४ निवासी पद्मराज पाठकले तटबन्धको काम अपुरो हुँदा किसानलाई प्रत्यक्ष असर गर्ने बताए । तटबन्धले उत्तर र दक्षिण दुबैतिरको भाग सुरक्षित हुनुपर्ने उनको भनाई रहेको छ । किसानको गुनासो आउने बित्तिकै राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले तटबन्धको अनुगमन गरेका छन् । किसानको माग जायज भएको भन्दै उनले आफूले कामलाई सहि ढङ्गबाट अगाडि बढाउन विभिन्न निकायसँग पहल गर्ने बताएका छन् । तटबन्धको काम आफैमा राम्रो भएको उनले बताए । स्थानीयलाई असर नपर्ने तरिकाले कामलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । यता ठेकदार क्षेत्र बहादुर वाइबाले इस्टिमेट र सर्भेको अनुसार काम अगाडि बढेको बताए । नागबेली नभई खोलाको बग्ने बाटो अनुसार तटबन्धको काम भएको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार