रास्वपाकाे क्षेत्रीय समित गठन : अल्पकालीन संयाेजकमा मन्जु खरेल

राष्ट्रिय स्वातन्त्र पार्टीले चितवन क्षेत्र नं १ मा क्षेत्रीय समिति गठन गरेकाे छ । समितिकाे अल्पकालीन संयाेजकमा मन्जु खरेललाई चयन गरिएकाे छ । कम उमेरका आधारमा खरेललाई अल्पकालीन संयाेजक ताेकिएकाे सांसद हरि ढकालका प्रमुख सल्लहाकार दीपक गाैतमले जानकारी दिए । क्षेत्रीय समितिकाे सदस्यमा टीकादत्त इटनी, बासना तिमिल्सिना, विष्णु प्रसाद भट्टराई चयन भएका छन् । साे पार्टीले क्षेत्रीय समिति पाँच सदस्यीय बनाउने निर्णय गरेकाे छ । एक सदस्य पछि मनाेनित गर्ने गरि तत्कालका लागि चार सदस्यी समिति गठन गरिएकाे र खरेललाई अल्पकालीन संयाेजक ताेकिएकाे गाैतमले जानकारी दिए । समितिले पूर्णता नपाउदा सम्म बैंठक चलाउने र पार्टीका अन्य गतिविधिका नेतृत्व गर्ने गरी खरेललाई अल्पकालिन संयाेजक बनाइएकाे हाे । साे पार्टीले क्षेत्रीय समितिमा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा क र ख बाट एकएक जना महिला अनिबार्य गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार