जनतासंग मेयर – जनताको माग हामीलाइ खानेपानी र सडक

spot_img

 

परेवाकोट । राप्ती नगरपालिका वडा नं १ का जनताले खानेपानी र सडक माग गरेका छन । विहिवार जनतासंग मेयर कार्यक्रममा सहभागि राप्ती १ परेवाकोटका जनताको मागनै खानेपानी र सडक रहेको थियो । स्थानिय सरकार आगनमै हुदा पनि जनताले दुख भोग्नु परेको भन्दै पहिले सडक र खानेपानी आवश्यक रहेको बताए । वडा नं १ को परेवाकोट जानेवाटोमा अहिले सडक पुगेको छ तर व्यवस्थित नभएको भन्दै असार लागेपछि स्थानियले दुख पाउने बताए । सडक जति जति सकिन्छ उत्ति उत्ति भएपनि बनाउदै जानुपर्ने र त्यसको लागी नगरपालिकाले चासो लिनुपर्ने बताए । अहिले खडेरी लागेपछि स्थानियले खानेपानीमा समेत दुख पाएको बताए ।

 

अहिले दैनिक ३ बोत्तलको दरले पानि पाएको र यो पनि अभाव हुन थालेको स्थानियको गुनासो रहेको छ । स्थानियले खानेपानीको बिषयमा नगरले अहिलनै चासो नदिए विकराल अवस्था आउन सक्ने बताएका छन । यसको लागी स्थानियले खानेपानीको लागी अहिले प्रयोग भएका प्रविधिको बैकल्पिक वाटो खोज्नुपर्ने बताए । खडेरी लागेसंगै खेतमा रहेको मकैपनि सुकेको छ । केहि वाकि रहेको मकैको वोटमा बादरले दुख दिएर आधा पनि वाकि नरहेको बताए । यसका सम्पुर्ण जवाफमा राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले वडाले नसकेको काम नगरले गर्ने र नगरले पनि सके माथिल्लो निकायमा लैजाने बताए । अहिले परेवाकोटमा दुइ वटा खानेपानी आयोजना रहेको र अव घरघरमा पानी पुग्ने बताए । मुहाननै सुकेको खण्डमा भने केहि विकल्प खोजिने उनले बताए । सडकको बिषयमा भने विकासको काम क्रमिकरुपमा हुने र परेवाकोट आफैमा पर्यटकिय क्षेत्र रहेको कारण वडा र नगरको आखा परेको बताए । अहिले राप्ती १ को परेवाकोटलाइ विस्तार गर्न पालिकाले आफै पनि चासो दिएको बताए । कार्यक्रममा वडा सदस्य मोचनलाल तामाङ्गले वडाको अवस्था र जनताको दुखका कुरा सुनाएका थिए । कार्यक्रमको अध्यक्षता भने वडा सदस्य राजु राइले गरेका हुन । राप्ती नगरपालिकाको सहकार्यमा बिशाल न्युजले कार्यक्रम तयार पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार