ठेला व्यवसायीको लागी मेयर लामाको कडा निर्देशन – जेठ मसान्त वाट ठेला नहटे प्रहरीले नियन्त्रण लिनेछ

राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले जेठको मसान्त देखि भण्डारा बजारमा ठेला स्थान्तरणको लागी निर्देशन दिएका छन । उनले आफै भण्डारा बजारका ठेला व्यवसायीलाइ प्रत्यक्ष भेटेर ताजा हरीयाली तरकारी मण्डीमा राख्न निर्देशन दिएका हुन । उनले ७ महिना अघि वाट ठेला सार्न अनुरोध गर्दापनि नमानेपछि प्रमुख आफै ठेला ठेलामा गएर आजै वाट सार्न निर्देशन दिएका हुन । उनले जेठ ३२ को दिनमा पनि राखेको पाइएमा अव प्रह्ी आएर ठेला नियन्त्रणमा लिने बताए । उनले चाडपर्वको मुख हेरेर व्यवसायीको लागी नगर नरम भएको हो । तर व्यवसायीहरुले मनोमानी गर्न लागेपछि आफै भण्डारा बजारमा आएर ठेला सार्न निर्देशन दिएको बताए । प्रमुख लामाले भने म प्रत्येक ठेला व्यवसायीलाइ भेटेर यहा व्यवसाय नराख्नु भनेको छु । जेठ महिनाको अन्तिम दिन पनि उहाहरुले नमानेको खण्डमा प्रहरीले ठेला नियन्त्रणमा लिनेछ । यसको लागी कोहि कसैले विरोध गर्न नमिल्ने बताए । यसअघि वडा नं ५ र ६ , राप्ती उद्योग वाणिज्य संघ, केहि प्रतिनिधि व्यवसायी सहित सटर उपलव्ध गराउने तरकारी मण्डीको सामुहिक छलफलमा चैत्र महिना वाटै ठेला हटाउने सहमती भएको हो । तर ठेला व्यवसायीले यस बिषयमा चासो नदिए पछि आफै बुधवार साझ बजारमा निक्लेको हु

प्रमुख लामाले अव कत्ति पनि नकुर्ने, भण्डारा बजारको सुन्दरताको बिषयमा कहिकतै पनि सम्झौता नहुने बताए । यसपछि आवश्यक अटोको व्यवस्थापन, अन्य बिषयमा काम गरिने बताए । लामाले अवको वाकि काम र कारवाहि असार लागेपछि हुने बताए । आज म आफै आएर भनेको छु । भोलि पनि यहा ठेला भएमा यसलाइ प्रहरीले नियन्त्रण लिनेछ । उनले थपे प्रहरीको लागी आवश्यक परिपत्र भइसकेको छ । अव प्रशासनिक हिसावमा प्रहरी पनि लाग्नेछ ।
भण्डाराको दुवै तर्फ गरी दर्जन भन्दा बढी ठेला व्यवसायी फलफुल र फाष्टफुडको व्यवासय गदै आइरहेका छन । ठेलाको अव्यवस्थीत रहनाले वजारमा दुर्घटना हुने र यसका अलवा वजार साघुरो देखिएको स्थानियको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार