गर्मीमा रोटरी क्लब अफ पूर्वी चितवन र लायन्स क्लब अफ चितवन राप्तीको ‘सातु पानी’

spot_img
राप्ती । रोटरी क्लब अफ पूर्वी चितवन र लायन्स क्लब अफ चितवन राप्तीको संयुक्त आयोजनामा सातु पानी वितरण कार्यक्रम सम्पन्न भएको छ । अत्यधिक गर्मी बढेपछि बटुवाहरुको लागि क्लबले सातु र पानी वितरण गरेको छ ।
क्लबले भण्डारा चोक र खुरखुरे चोकमा सातु पानी वितरण कार्यक्रम चलाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती-७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटीले पानी जीवनको महत्त्वपूर्ण भएको बताइन् । यो गर्मीमा सराहनीय कार्य गरेको भन्दै उनले क्लबलाई धन्यवाद व्यक्त गरेकी छन् ।
यस्तै कार्यक्रममा बोल्दै रोटरी क्लब अफ पुर्वी चितवनका अध्यक्ष प्रमात सेढाईले गर्मी बढेसँगै मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको बताए । आफूहरुले सामाजिक कार्यको रुपमा सातु पनि वितरण कार्यक्रम गरेको पनि उनले बताएका छन् ।
कार्यक्रममा क्लबका पदाधिकारी लगायत सुरक्षाकर्मी र।पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार