राप्ती । मंगलवार राप्ती नगरपालिकाका केहि जनप्रतिनिधिले आफ्नो फेसवुकमा स्टाटस लेख्दै विलविना नदीजन्य पदार्थ उत्खखन भएको भन्दै विरोध गरे । नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रममा बिलमा मिति नलेखी मालसामान पठाएको भन्दै राप्ती–४ का वडाअध्यक्ष केदार आचार्यले नगरपालिकाले गलत काम गरेको भन्दै मेयर, उपमेयरको मनोमानी नगरवासीको लागि सह्य नभएको बताए । राप्तीको च्यात्रा, सुख्खा, पम्पा लगायतका खोलामा नदीजन्य पदार्थ दोहन भइरहेको उनले बताएका छन् । वडा नं.८ का वडा सदस्य दीपक अधिकारीले भने खोलामा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) नगरी नदीमा जथाभावी उत्खनन् गरेर नगरपालिकाले गलत काम गरेको आरोप लगाएका छन् । उनले पनि आफ्नो सामाजिक सञ्जालमा सो कुरा लेखेका हुन । नगरपालिकाले भने बिलको विषयमा गलत भए पनि अन्य अवस्था कानुन सम्मत रहेको दाबी गरेको छ । राप्ती नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष श्यामसुन्दर उप्रेतीले नगरपालिकाले गरेको यो गतिविधि प्रति विरोध जनाएका छन । मनोमानी ढङ्गले यस नदी उत्खनन गर्नु गलत भएको भन्दै यसको छानविन हुनुपर्ने बताए । उनले छानविनको लागी आफुले उपप्रमुख देवेन्द्र लामासंग समेत कुराकानी गरेको बताए । उप्रेती भन्छन “प्रमुख र उपप्रमुखले यसरी निर्देशन दिनु सरासर गल्ति भएको भन्दै यसको लागी आवश्यक छानविन हुनुपर्ने छ ”
यस बिषयमा राप्ती नगर प्रमुख शमशेर लामाले ‘खोलामा मालवस्तु निकाल्दा आइइई अनिवार्य नै हो । र, हामीले सबै खोलामा आइइई गरेका छौँ,’ आइइई नभएको भन्ने कुरा सत्य नभएको बताए । शमशेर लामाले भने, ‘आइइई नगरी निकालेको भन्नु गलत हो ।’ बिलको विषयमा भने नगरपालिकाको तर्फ वाट खटिएका कर्मचारीले किन त्यस्तो गर्यो ? आफु स्वंयमले छानविन गर्ने बताए । अहिले आफु कामको सिलसिलामा चितवन वाहिर रहेको भन्दै पालिका आउने वित्तिकै विलमा देखिएको अनियमिताको बिषयमा वाहिर ल्याउने बताए । उनले उत्खननको बेलामा भएको अनियमितताको बिषयमा नगरकै जनप्रतिनिधिको सामाजिक सञ्जालमा राखेपछि थाह पाएकोँ हुँ । थाहा पाउने बित्तिकै मौखिक रुपमा नदीजन्य उत्खननको काम रोक्न निर्देशन दिएको बताए । अहिले काम रोकिएको छ । अहिले आएको विवादको बिषयमा पहिले छानविन गरेर मात्र के गर्ने निर्णय हुने बताए । उनले भने, ‘बिलमा मिति नराखिनु गलत हो । त्यसमा हामी सच्चिनु पर्छ ।’ नगरपालिकाले गरेको गलत कार्यलाई बाहिर ल्याएर सघाउ पु¥याएको भन्दै प्रमुख लामाले भने, ‘हामीबाट भएका कमीकमजोरीलाई बाहिर ल्याउनु राम्रो कुरा हो । त्यसबाट सच्चिने मौका पाइन्छ ।’
राप्तीमा बिलबिना नदीजन्य पदार्थ उत्खनन्
