राप्तीमा जेठ ३० गतेदेखि विद्यालय सञ्चालन हुने

राप्ती, २९ जेठ ।
भोलि जेठ ३० गते मंगलबारबाट राप्ती नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । अत्यधिक गर्मीका कारण जेठ १९ गतेबाट बिदा दिएको राप्ती नगरपालिका शिक्षा शाखाले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि विद्यालय सञ्चालन गर्न सुचित गरेको छ ।विद्यालय आउन जान तथा पठनपाठनमा असहज भई स्वास्थमा प्रतिकूल असर पर्न सक्ने भन्दै जेठ १८ गते ५ दिन वर्षे बिदाबाट कट्टी हुनेगरि २४ गतेसम्म बिदा दिइएको थियो । फेरि २४ गते र २६ गते जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार तराईको भूभागमा तातो हावा चलि लु लाग्न सक्ने भन्दै दुईपटक बिदा थप गरिएको थियो ।सोमबार तापक्रम नबढ्ने पूर्वानुमान साथै मौसममा बदली भएका कारण विद्यालय सञ्चालन गरि नियमित रुपमा पठनपाठन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

त्यसैगरी रत्ननगर नगरपालिकाले कक्षा ४ देखि १० सम्मको कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । रत्ननगरमा पनि जेठ १८ गतेदेखि विद्यालयमा पठनपाठन स्थगित गरिएको थियो ।नगर शिक्षा अधिकारी बद्री नारायण शर्माका अनुसार पूर्व प्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीलाई घरमै बस्न भनिएको छ । `कक्षा ४ देखि कक्षा १० सम्म जेठ ३० गतेदेखि दिवा समयमा कक्षा संचालन गर्न हुन तथा पूर्व प्राथमिकदेखि कक्षा ३ सम्म अर्को सूचना प्रकाशन नहुँदा सम्म प्रत्यक्ष शिक्षण सिकाइका निम्ति विद्यालयमा उपस्थित नगराउनु हुन अनुरोध छ´, सूचनामा भनिएको छ । कक्षा ३ सम्मका विद्यार्थीका निम्ति गृहकार्य एवं परियोजना कार्य पठाउने व्यवस्था गर्न गराउन पनि सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार