राप्ती । राप्ती नगरपालिका ५ मा रहेको भण्डारा शिखरवस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता स.स्थाको अध्यक्षमा एकराज खरेल पुन चयन भएका छन । संस्थाको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा दिल बहादुर तामाङ्ग, सह सचिवमा डिलमाया प्रजा, कोषाध्यक्षमा उद्धवराज धरेल, सदस्यहरुमा सरस्वती पन्त,आत्माराम घलान, शिव कुमार पन्त, शान्ति तामाङ्ग, राधिका मैनाली, तारा बर्तौला सर्वसम्मत चयन भएका हुन । संस्थाको मनोनित सदस्यमा गिता मिजार, दण्डपानी दनै चयन भएका छन । लेखा समिती संयोजकमा विश्वराज सिलवाल र सदस्यमा रमेश पाठक र्निविरोध चयन भएका छन भने एक जना सदस्य पछि मनोनित गरिने छ । आइतवार पद तथा शपथ कार्यक्रममा पुर्व प्रदेश मन्त्री दावा दोर्जे लामाले स.स्थाको इतिहासको वारेमा बताएका थिए । उनले आफुहरुले स्थापना गरेको स.स्थाले अहिले प्रगती गरेकामा खुशि व्यक्त गरे । नया कार्यसमितीले अझ उपभोक्ता मुखि काम गर्ने बताए । कार्यक्रममा वडा नं ५ का अध्यक्ष सिताराम वलले खानेपानी स.स्थाको लागी वडाले यहि बैशाख वाट अनुदान दिन सुरु गरेको बताए । उनले संस्थाको काम र उपभोक्ताको लागी भन्दै ५० रुपैया प्रति दश लिटर पानीमा अनुदान दिएको बताए । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष फणिन्द्र पाठक, नेकपा माओवादी केन्द्रका नगर सचिव सन्देश घलान , कार्यपालिका सदस्य गोमा धरेल लगायतकाले मन्तव्य दिएका थिए । निर्वाचन समितीका सदस्य निशा लामाले स्वागत मन्तव्य , अर्काे सदस्य गोमनसिं लामाले सञ्चालन गरेका कार्यक्रमको अध्यक्षता समितीका संयोजक बुद्धिराज पाठकले गरेका थिए ।