राप्तीमा आँखा स्वास्थ्य शिक्षासम्बन्धी तालिम

राप्ती । राप्ती नगरपालिकाका विद्यालय नर्स तथा शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य शिक्षासम्बन्धी तालिम दिइएको छ ।

नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजनामा बुधबार तालिम दिइएको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको आँखासम्बन्धी समस्याको पहिचान गरी निराकरणको लागि उपचारमा अस्पताल जानको लागि प्रोत्साहन गर्ने भूमिकामा सक्रियता देखाउन सक्ने उद्देश्यका साथ तालिम दिइएको नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति सदस्य केएन सिलवालले बताए ।

तालिममा समुदाय नेत्ररोग विशेषज्ञ प्रा।डा सुनु दुलाल, वरिष्ठ नेत्र अधिकृत रमेश घिमिरे, नेत्र सहायक आयुष पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा राप्ती नगरपालिकाका शिक्षा अधिकृत रवीना देउजासहित ४४ जना सहभागी थिए ।

सोही किसिमको तालिम बिहीबार खैरहनी नगरपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि भुवानीशंकर कलेजमा आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति सदस्य सिलवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार