भण्डारामा पशुपालन तथा दुग्ध उत्पादन सम्बन्धी तालिम सुरु

राप्ती । राप्ती नगरपालिकाकाे भण्डारामा पशुपालन तथा दुग्ध उत्पादन सम्बन्धी तालिम बिहीवार देखि सुरु भएको छ ।

जन निकास मिडियाको आयोजना, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वय तथा राप्ती नगरपालिका वडा नं ५ को सहयोगमा तालिमको आयोजना गरिएको हो ।

तीन दिन सम्म सञ्चालन हुने उक्त तालिम राप्ती ५ मा स्थाइ बसोबास गर्ने दुग्ध उत्पादक किसानहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको हो । तालिममा बिषय बिज्ञहरु द्वारा गोठ व्यवस्थापन, पशु रोगहरु र यसका रोकथामका उपायहरु, बाझोपन, थुनिलो रोगको रोकथाम, दुग्ध उत्पादनमा वृद्धि गर्ने तरिका, पोषण र उत्पादन लागत न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

दुग्ध उत्पादन व्यवसायमा लागेका तर समान्य प्राबिधिक ज्ञान पनि नभएका किसानहरुका लागि यो कार्यक्रम अत्यन्त फलदायी हुने सहभागीहरुको अपेक्षा छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा राप्ती ५ का वडा अध्यक्ष सिताराम तामाङले दुग्ध उत्पादन व्यावसाय वडावासीको प्रमुख पेशा मध्य एक भएको बताए । उनले बर्तमान अवस्थामा गाईवस्तुमा लाग्ने लम्पी स्किन रोगले जिल्लानै आक्रान्त भएको स्मरण गराउदै दुग्ध उत्पादन वृद्धि र गाइवस्तुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिने यस्ता तालिमहरु फलदायी हुने बताए ।

जन निकास मिडियाका निर्देशक दिलीप डल्लाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राप्ती नगरपालिका आर्थिक विकास समितिका संयोजक पूर्णप्रसाद आचार्य, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य डिल्लीप्रसाद थपलिया, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर सिंह ओली, राप्ती नगरपालिका कार्यपालिका सदस्य गोमा धरेल लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार