देश बनाउन प्रेसलाई समृद्ध बनाउनुपर्छ : पूर्वमन्त्री पराजुली

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवम् पूर्वमन्त्री हरिप्रसाद पराजुलीले देशलाई समृद्ध बनाउन प्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।बुधबार समाजवादी प्रेस संगठन चितवनको पहिलो साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेता पराजुलीले समाजमा भएका सकारात्मक तथा नकारात्मक गतिविधिलाई बाहिर ल्याएर गलत बाटोमा जानेलाई पनि सुध्रिने मौका दिने हुँदा सञ्चार जगतलाई बलियो बनाउन सके देशले समृद्धिको बाटो अपनाउन सक्ने बताएका हुन् ।तर, राजनैतिक परिवेशले देशलाई बर्बाद बनाएको उनले बताए । ‘हामी त बर्बादीमा गइसक्यौँ, अब सञ्चार जगतको हालत पनि हाम्रैजस्तो नहोला भन्न सकिँदैन,’ चेतावनीसहित उनले भने, ‘त्यसैले राजनीति त बिग्रियो बिग्रियो । सञ्चार क्षेत्र नबिग्रियोस् भन्ने मेरो चाहना हो ।’ दलहरूले सूचना प्रविधिमार्फत देशलाई अगाडि बढाउने चाहना राखेको दशर्कौँ भइसकेको भन्दै उनले थपे, ‘हामीले मुलुकलाई विज्ञान र प्रविधिमार्फत अगाढि बढाइसकेका छौँ । तर, मुखले मात्रै ।’भरतपुरमा भएको अधिवेशनको यतिखेर बन्दसत्र चलिरहेको छ । करिब डेढ वर्षअघि टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा गठित तदर्थ समितिले नयाँ नेतृत्व चयनको लागि बुधबार अधिवेशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार