रोट्र्याक्ट क्लब अफ रत्ननगरद्वारा ट्राफिक सचेतना कार्यक्रम

रोट्र्याक्ट क्लब अफ रत्ननगरद्वारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शुक्रबार राष्ट्रिय माध्यमिक विद्यालय, शमीपुरमा “ट्राफिक सचेतना कार्यक्रम” सञ्चालन गरेको हो । कार्यक्रमको प्रशिक्षकमा जिल्ला ट्राफिक कार्यालयका सहायक निरीक्षक नवराज जोशी र काउन्स्टेबल नरेश ठाकुर थिए । कार्यक्रममा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ९५ भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरूबाट धेरै सकारात्मक प्रतिक्रिया प्राप्त गरेकोले भविष्यमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न हौसला मिलेको क्लबका अध्यक्ष मनिष बानियाँले बताए । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझीले विद्यार्थीहरूको लागि यो कार्यक्रम धेरै आवश्यक भएको भन्दै क्लबलाई धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार